एकल बहुमतको सरकार लागि ‘मिसन–८४’ : ओली | Khabarhub Khabarhub

एकल बहुमतको सरकार लागि ‘मिसन–८४’ : ओली


१० आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

कर्णाली – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमाले नेतृत्वको एकल बहुमतको सरकार बनाउन ‘मिसन–८४’ मा लाग्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आज आयोजित एमाले कर्णाली प्रदेश कमिटीको प्रथम अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले महान् अभिभारा पूरा गर्ने सङ्कल्प बोकेर एमालेले मिसन–८४’ लाई अर्थपूर्ण बनाउने दाबी गरे । उनले भने, “वडा तहबाटै एमालेलाई ५१ प्रतिशत बनाउन अहिलेदेखि लाग्नुस् । बलियो राष्ट्रिय शक्ति बनाउन सङ्कल्प गर्नुस् ।”

देशकै दुर्गम भए पनि प्राकृतिक र सांस्कृतिक हिसाबले सम्पन्न कर्णालीको मानवीय संशाधन, शिक्षा, स्वास्थ्य, रोपवे, पूर्वाधारलगायतका विकास आवश्यक भएको तर अहिले सरकारले गर्न नसकेको उनले टिप्पणी गरे । फुटेको पार्टी नाम एकीकृत समाजवादी अरे भन्ने व्यङ्ग्य गर्दै उनले माघमा हुने भनिएको एकीकृत समाजवादीको महाधिवेशनलाई रित्याइदिन कार्यकर्ता पङ्क्तिलाई अपिल गरे।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले सार्वभौमिकता र स्वाधीनताको रक्षा अनि सहकारी र सहकार्यको माध्यमबाट उत्पादनको अगुवाइ एमालेले गर्ने बताए । नयाँ निर्माण भएका पार्टीलाई लोकतन्त्रको टुप्पोमा पलाएको एैजेरुको सङ्ज्ञा दिँदै अध्यक्ष ओलीले भने, “टुप्पोमा पलाएकाको जरा नै हुँदैन तर हामीलाई पुरानो पार्टी भनेर भनेर हेपिरहेका छन् । त्याग, तपस्या र बलिदानबाट निर्माण भएको पार्टी भएको शक्ति र अनुभवबारे बुझेकै छैनन् ।”

कर्णाली प्रदेशको अधिवेशनबाट जनतालाई सही सन्देश दिन सहमति गर्न सुझाउनुभएका उनले गुटउपगुटको झमेलामा नफस्न आग्रह गरे । अध्यक्ष ओलीले प्रदेश अधिवेशनमा व्यवधान आए साविककै कमिटी निरन्तर हुने चेतावनीसमेत अधिवेशनमा भाग लिएका सहभागीलाई दिए ।

पार्टी महासचिव शङ्कर पोखरेलले नेपाली भाषा र संस्कृतिको उद्गम थलोको कर्णालीको विकास र समृद्धिको सफल नेतृत्व एमालेले गर्ने बताए । ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न एमालेलाई जनताको रोजाइ पार्टीका रुपमा सुदृढ गरिने उनको भनाइ थियो ।

महासचिव पोखरेलले भने, “राजनीतिक अस्थिरता र सामाजिक अराजकता आजको ठूलो चुनौती बनेको छ । देशमा आर्थिक सङ्कट बढ्दै गएको छ । सरकारलाई यस्ता सङ्कटबारे कुनै चासो छैन । सत्ता जोगाउनमै सरकार तल्लीन देखिन्छ । त्यसैले राष्ट्रमा उत्पन्न समस्या समाधान गर्न एमाले बलियो शक्तिका रुपमा अगाडि आउनुपर्छ ।”

 

प्रकाशित मिति : १० आश्विन २०८०, बुधबार  १० : ०६ बजे

इलाम २ : सुहाङको फराकिलो अग्रता, मिलनलाई जमानत जोगाउन सकस

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

दिल्लीविरुद्ध कोलकत्ताको सानदार जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल)मा दिल्ली क्यापिटल्सविरुद्ध कोलकाता नाइट

इलाम २ : डकेन्द्रले कटाए १० हजार मत, सुहाङको अग्रता कायमै

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

सकियो लगानी सम्मेलन, निजी क्षेत्रले १० अर्बको प्रतिबद्धता जुटाउँदा सरकार शून्यमा !

काठमाडौं – सरकार र निजी क्षेत्रले आयोजना गरेको ‘उदयीमान नेपाल

श्रमिकको अवस्था सन्तोषजनक छैन : मन्त्री अर्याल

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले संविधानले