गोल्डेन ट्र्याङ्गल बाइक टुरको टोलीद्वारा पर्सा राष्ट्रिय निकुञ्ज अवलोकन « Khabarhub

गोल्डेन ट्र्याङ्गल बाइक टुरको टोलीद्वारा पर्सा राष्ट्रिय निकुञ्ज अवलोकन


१० आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

बारा – चवालिसौँ विश्व पर्यटन दिवस–२०८० को अवसर पारेर काठमाडौँबाट निस्केको ‘गोल्डेन ट्र्याङ्गल बाइक टुर’ टोलीले पर्साको राष्ट्रिय निकुञ्जको अवलोेकन गरेको छ ।

सो अवसरमा पर्यटन व्यवसायी, मोटरबाइक राइडर तथा संरक्षणसँग सम्बन्धित सरोकारवालासँगको अन्तक्र्रिया कार्यक्रम पर्सा राष्ट्रिय निकुञ्ज कार्यालय आधाभार, बारामा सम्पन्न भएको छ ।

कार्यक्रममा मधेस प्रदेशका अध्यक्ष मोहन शर्माले पर्सा राष्ट्रिय निकुञ्जभित्र बाइक राइडिङ पहिलो प्रयोग भएको बताए । उनले ‘पर्यटन र हरित लगानी भन्ने’ नारा साकार भएको पनि उल्लेख गरे । बाइक राइडरहरूले गर्दा पर्सा राष्ट्रिय निकुञ्ज पर्यटनका लागि सक्षम भएकोसमेत उनको भनाइ थियो । उनले राइडरहरूलाई मधेसको प्रचार गरिदिएकामा धन्यवाद दिए ।

त्यस्तै जितपुर–सिमरा उपमहानगरपालिकाका नगरप्रमुख राजन पौडेलले नेपालको ठूला सरहको नजिकमा पर्ने सबैभन्दा कान्छो राष्ट्रिय निकुञ्ज सबैका लागि पायक पर्ने भए पनि सोचेको जस्तो प्रचार नभएकामा दुःख व्यक्त गरे । उक्त कुरालाई अब ‘गोल्डेन ट्र्याङ्गल बाइक टुर’ले पूरा गर्ने पनि व्यक्त गरे ।

त्यस्तै गोल्डेन ट्र्याङ्गल बाइक टुरका राइडर विष्णु विवेकले पर्साको पर्यटनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गर्न थप सहयोग पु¥याउने बताए । उनले चितवनमा आएका पर्यटकलाई पर्सा राष्ट्रिय निकुञ्जमा समेत ल्याउन प्रयास गर्नुपर्ने कुरा औँल्याउनुभयोए ।

बिहीबार गोल्डेन ट्र्याङ्गल बाइक टुर टोलीले भरतपुरको यात्रा गर्नेछ ।

प्रकाशित मिति : १० आश्विन २०८०, बुधबार  १० : २४ बजे

नागढुङ्गा सुरुङमार्गमा सडक दस्तुर संकलन सुरु

काठमाडौँ– नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आजदेखि सडक दस्तुर संकलन

इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्न बाँकी छ : ट्रम्प

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अधिकांश सैन्य क्षमता ध्वस्त

राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ क्षेत्रमा सिँचाइ

काठमाडौँ– राष्ट्रिय गौरवका सिँचाइ आयोजनाहरूले नयाँ क्षेत्रमा सिँचाइ सुविधा पुर्याउन

सरकारी भवन निर्माणका क्रममा पहिरो खस्दा स्थानीयका घर जोखिममा (तस्बिर)

कालिकोट– कालिकोटको खाँडाचक्र नगरपालिकाको प्रशासकीय भवन निर्माणका क्रममा खसेको पहिरोले

धान फल्ने खेतमा फूलखेती

झापा– धानका बाला झुल्ने खेतमा अहिले सयपत्रीका फूल ढकमक्क फुलेको