हरेक बिहान १५ मिनेट योगाभ्यास गर्न कर्मचारीलाई गृहको निर्देशन « Khabarhub

हरेक बिहान १५ मिनेट योगाभ्यास गर्न कर्मचारीलाई गृहको निर्देशन


१० आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको पहलमा गृह मन्त्रालय र उपत्यकास्थित विभाग, कार्यालयका अधिकृतस्तरका सबै कर्मचारीलाई हरेक बिहान १५ मिनेट योगाभ्यास गराइने भएको छ ।

मन्त्रालयले आज एक सूचना जारी गरी मन्त्रालय र उपत्यकाअन्तर्गतका विभाग कार्यालयका अधिकृतस्तरका सबै कर्मचारीलाई हरेक दिन बिहान १०ः१५ भित्र अनिवार्यरूपमा कम्तीमा १५ मिनेट योगाभ्यासरध्यान गरेर मात्र आ–आफ्नो कार्यजिम्मेवारी प्रारम्भ गर्ने व्यवस्था मिलाउन भनेको छ ।

साथै, अन्य कर्मचारीलाई योग प्रशिक्षण प्रदान गरिसकेपछि सोहीअनुरूप योगरध्यान गर्ने व्यवस्था र वातावरण बनाउनसमेत मन्त्रालयले निर्देशन दिएको छ । गृहमन्त्रीको सचिवालयका उपसचिव भीमकान्त शर्माले आज एक सूचना जारी गरी उक्त जानकारी दिएका हुन् ।

अधिकृतदेखि उच्च तहसम्मका कर्मचारीको सहभागितामा एक दिवसीय ध्यान विज्ञान कार्यक्रम सञ्चालन भइसकेको र अन्य तहका कर्मचारीका लागिसमेत निकट भविष्यमै प्रशिक्षण प्रदान गरिने योजना रहेको मन्त्रालयले जनाएको छ ।

यसअघि गृहमन्त्री श्रेष्ठले सबै कार्यालय र प्रहरी युनिटमा योगाभ्यास सुरु गर्ने बताएका थिए । उनले सरकारी कार्यालयको काम प्रभावकारी बनाउन पनि नियमित योगाभ्यास जरुरी रहेको बताउँदै आएका छन् ।

प्रकाशित मिति : १० आश्विन २०८०, बुधबार  १० : ३६ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार