थारु समुदायको मेडरी नाच लोप हुने चिन्ता « Khabarhub

थारु समुदायको मेडरी नाच लोप हुने चिन्ता


१० कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

नवलपरासी- थारु समुदायको पौराणिक महत्वको मेडरी नाचप्रति युवापुस्ताले चासो नदिँदा लोप हुने अवस्थामा पुगेको छ ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा थारु समुदायले आफ्नो कला र संस्कृति जगेर्ना गर्न पहल गर्दै आए पनि पुरानो मेडरी नाच भने लोप हुने अवस्थामा पुगेको मेडरी नाच नचनिया दुलामणि गुरौले बताए ।

‘मेडरी नाच कृष्ण लीलामा आधारित भवरा, महाभारतमा आधारित र रामलीलामा आधारित सीताहरण गरी तीन प्रकारको हुन्छ, महाभारतको लडाईंमा पाँचपाण्डवले प्रयोग गरेका सामान लिएर समूहमा गोलाकार भएर नाचिन्छ, यस नाचमा कम्तीमा एक सयदेखि बढीमा एक सय ५०सम्म नचनिया गोलाकार रूपमा नाच्ने गरिन्छ’, उनले भने ।

थारु समुदायका अन्य नाच भने युवापुस्ताले जगेर्ना गर्दै आए पनि मेडरी नाचप्रति भने उनीहरूले चासो नदिएको नचनिया गुरौले बताए । ‘दैवी शक्तिमा आधारित मेडरी नाच विशेष गरी दसैँ र तिहारलगायत पर्वमा नाच्ने गरिन्छ, अन्य शुभकार्यमा पनि यो नाच नाच्ने गरिन्छ”, उनले भने, “पितृ औँसीमा पितृ विसर्जन गरेपछि सुरु हुने यो नाच प्रत्येक वर्ष हरिबोधनी एकादशीसम्म नचाइने गरिन्थ्यो ।’

महाभारतको लडाइँमा अर्जुनको रथको ध्वजाका रूपमा बीचमा ध्वजापताकासहितको ठूलो बासको लिंगो लिएर घुम्ने गरिन्छ भने मेडरी नाच्दा मादल, झ्याली, तरवारको प्रयोग हुन्छ । यस नाचप्रति युवाको चासो भने हराउँदै गएको थारु अगुवा पुष्परत्न महतोले बताए ।

‘जिल्लामा यो नाचका लागि प्रत्येक घरबाट एकजना सहभागी हुनुपर्ने नियम बनाइएका कारण बाध्यताले पनि युवा जुट्छन्’, उनले भने, ‘तर आवश्यक सामान बनाउन समस्या हुँदा यसको संरक्षणमा चुनौती छ, युवापुस्तामा  हस्तान्तरण गर्न पनि कठिन भइरहेको छ ।’

थारु समुदायको लाठी नाच र झाम्टा नाचप्रति युवापुस्ताको आकर्षण देखिए पनि मेडरी नाचप्रति चासो नदिँदा लोप हुने अवस्थामा पुगेको हो । थारु संस्कृतिको पहिचान स्थापित गर्न यो नाचको निकै महत्व भए पनि नयाँ पिँढीले भने महत्व बिर्सिंदै गएको अगुवा महतोले बताए ।

‘विगतमा मेडरी नाच धेरै नचाइने गरिन्थ्यो, गाउँघरमा सबै मिली नाच्ने गरिन्थ्यो, अहिले पुराना पुस्ताले यो नाचलाई निरन्तरता दिन सकेनन् भने नयाँले चासो पनि देखाउन छाडे’, उनले भने,  ‘अहिले नाच हराउँदै जान थालेको छ ।’ थारु समुदायमा कृष्णलीला र महाभारतमा आधारित मेडरी नाच मात्रै देखाउने गरिएको छ भने सीताहरण नाच लोप हुने अवस्थामा पुगेको सम्बद्ध बूढापाकाले बताउने गरेका छन् ।

प्रकाशित मिति : १० कार्तिक २०८०, शुक्रबार  ९ : ११ बजे

लहान नगरपालिकामा आधुनिक ‘ब्लड बैंक’ स्थापना हुने

सिरहा– सिरहाको लहान नगरपालिकामा आधुनिक ‘प्रमेश्वर–आत्माराम मुरारका ब्लड बैंक’ निर्माण

कोशी प्रदेशमा नतिजामुखी बजेट निर्माण गर्छौँ : मुख्यमन्त्री कार्की

मोरङ– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी आर्थिक वर्षदेखि नतिजामुखी

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

दाङका १० जनाले बुझाएनन् चुनावी खर्चको विवरण

दाङ– गत फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा

लागूपदार्थ सेवन गरेर सवारी चलाउनेमाथि ट्राफिक प्रहरीको कडाइ

कञ्चनपुर– जिल्लाका मुख्य राजमार्ग क्षेत्रमा सवारी दुर्घटनाको जोखिम बढ्न नदिन