एक वडा, एक उत्पादनअन्तर्गत ‘एभोकाडो खेती’ « Khabarhub

एक वडा, एक उत्पादनअन्तर्गत ‘एभोकाडो खेती’


१० कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


717
Shares
  • change font
  • change font
  • change font

तनहुँ– तनहुँ जिल्लाको आँबुखैरेनी गाउँपालिकामा ‘नौनी फल’ भनेर चिनिने एभोकाडोको व्यावसायिक खेती सुरु गरिएको छ ।

‘एक वडा, एक उत्पादन’ कार्यक्रमअन्तर्गत आँबुखैरेनी गाउँपालिका–२ मा एभोकाडोका एक हजार आठ सय चालीस बिरुवा लगाइएको हो ।

कृषकलाई ७५ प्रतिशत अनुदानमा एक हजार आठ सय ४० वटा एभोकाडोको बिरुवा वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले बताए ।

उक्त बिरुवा रोपेको तीन वर्षदेखि उत्पादन दिन सुरु गर्ने र मूल्य पनि राम्रो पाइने भएपछि कृषकलाई यसतर्फ आकर्षित गराइएको हो ।

फलफूल क्षेत्र विकास कार्यक्रमअन्तर्गत तनहुँमा पनि एभोकाडो खेतीलाई समावेश गरी प्राथमिकतामा राखिएको कृषि ज्ञानकेन्द्रले जनाएको छ ।

कार्यालयका अनुसार गत वर्षदेखि यसको बिरुवा उत्पादन गरेर खेती सुरुआत गरिएको हो । समुद्री सतहदेखि दुई सय मिटरदेखि एक हजार छ सय मिटर उचाइमा खेती गर्न सकिने छ । उक्त खेतीका लागि  सुहाउँदो हावापानी तनहुँमा छ ।

गत वर्ष केन्द्र आफैँले दुई हजार बिरुवा उत्पादन गर्नुका साथै बाहिरबाट थप दुई हजार बिरुवा ल्याएर चार हजार बिरुवा कृषकहरूलाई वितरण गरेको केन्द्रका सूचना अधिकारी किरण परियारले जानकारी दिए । यो खेती तराईदेखि पहाडसम्म गर्न सकिन्छ कागती तथा केरा हुने स्थानमा यसको खेती राम्रो हुन्छ ।

बाँझो जमिन सदुपयोग गर्न एभोकाडोको खेती गरिएको गाउँपालिका अध्यक्ष शुक्र चुमानले बताए । स्थानीय वडावासीलाई उत्पादनसँग जोड्न र आयमूलक बनाउन गाउँपालिकाले एक वडा, एक उत्पादन कार्यक्रमलाई प्राथमिकता दिँदै आएको उनको भनाइ छ ।

एभोकाडोमा प्रशस्त भिटामिन, प्रोटिन र चिल्लो पदार्थ पाइने र उच्च रक्तचाप, मधुमेह, मुटु रोगका बिरामीका लागि अति नै लाभदायक फलको रुपमा लिइन्छ ।

उक्त फल बजारमा थोक प्रतिकिलो दुई सय र खुद्रा प्रतिकिलो तीन सय ५० देखि चार सय रुपैयाँसम्ममा बिक्री हुने गरेको व्यापारीहरू बताउँछन् । 

एभोकाडोको जुस बनाएरसमेत उपभोग गर्न सकिन्छ । ठूला होटल, पर्यटक र सहर बजारका बासिन्दाले प्रायः एभोकाडोलाई मुख्य फलको रुपमा उपभोग गर्न थालेका छन्।

कात्तिक महिनामा टिप्न सुरु गरिने एभोकाडोको फल फागुनसम्म बोटमा राख्न सकिन्छ । कलमी र बिजु दुई विधिबाट यसको बिरुवा उत्पादन गर्न सकिने उक्त केन्द्रले जनाएको छ ।  

प्रकाशित मिति : १० कार्तिक २०८०, शुक्रबार  ९ : ४१ बजे

गणेश पराजुलीको दाबी- सरकार गठन भएपछि सुशासन र सेवा प्रवाहमा सुधार देखिए

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) संसदीय दलका उपनेता गणेश पराजुलीले वर्तमान

दूध ट्याङ्कर दुर्घटनामा सहचालकको मृत्यु

कपिलवस्तु- कपिलवस्तुको बुद्धभूमि नगरपालिका–२ गोरुसिङ्गेमा दूध बोकेको ट्याङ्कर दुर्घटना हुँदा सहचालक

एनसेल ग्राहकलाई आइफोन १८ खरिदमा विशेष बन्डल प्याकेज

काठमाडौं– एनसेलले नेपालमा एप्पल फोनको आधिकारिक बिक्रेता जेनेरेसन नेक्स्ट कम्युनिकेसन्ससँग सहकार्य

सङ्क्रमणकालीन न्याय र जेन-जीका फाइल खोल्न सरकारलाई बाँस्कोटाको आग्रह

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद समीक्षा बाँस्कोटाले लामो

बालेनप्रति महामन्त्री आचार्यको टिप्पणी : ‘म आफैँ एक्स्ट्रा अर्डिनरी बन्ने कोसिस गर्दैछु’

काठमाडौं– सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यले प्रधानमन्त्री