फलफूल र आलुबाली विकास आयोजना « Khabarhub

फलफूल र आलुबाली विकास आयोजना


१० कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दी जिल्लामा खायन आलु र फलफूल बाली विकास आयोजना लागू भएको छ ।  गण्डकी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयले चालु आर्थिक वर्षमा आलु र फलफूल बाली विकास आयोजना कार्यक्रम सञ्चालन गर्न म्याग्दीमा करिब रु चार करोड बजेट पठाएको छ । 

कृषि ज्ञानकेन्द्र म्याग्दीका निमित्त प्रमुख सञ्जीव बाँस्तोलाले आलु र सुन्तलाजात फलफूल खेतीलाई जोड गरेर आयोजना लागू गरिएको जानकारी दिए। 

‘म्याग्दीमा आलु र सुन्तलाखेतीको सम्भावना भएकाले यसको खेती विस्तार र बजारीकरणमा सघाउन आयोजना लागू गरिएको हो’, उनले भने, ‘आयोजनामार्फत् कृषक र कृषक समूहलाई कूल लागतको ५० लेखि ७५ प्रतिशतसम्म अनुदान उपलब्ध गराउने कार्यविधि छ ।’ 

समुदायस्तरमा प्रविधियुक्त कृषि उत्पादन प्रवर्द्धन आयोजनाअन्तर्गत म्याग्दीमा एक सय २५ हेक्टर क्षेत्रफलमा खायन आलु उत्पादन प्रवद्र्धन कार्यक्रमका लागि रु तीन करोड बजेट प्राप्त भएको निमित्त प्रमुख बास्तोलाले बताए । 

खायन आलु कार्यक्रमका लागि कम्तीमा १० घरधुरी संलग्न भई न्यूनतम ३० रोपनी क्षेत्रफलमा कृषक समूह र सहकारीमार्फत आलुखेती गर्नुपर्ने शर्तसहित प्रस्ताव आह्वान गरिएको छ । स्थानीय बीउ प्रयोग गरेर आलुखेती विस्तार र उपभोगका लागि बिक्री वितरण गर्ने चक्र चलाउने खायन आलु उत्पादन कार्यक्रमको उद्देश्य हो । 

स्थानीय जातको आलुको संरक्षण, खेती विस्तार र आयआर्जन वृद्धिमा सहयोग पुर्‍याउने लक्ष्य राखिएको छ । म्याग्दीमा एक हजार छ सय ५० हेक्टर क्षेत्रफलमा आलुखेती भएकामा यस वर्ष २५ हजार चार सय १० मेट्रिकटन उत्पादन भएको छ ।  

अघिल्लो वर्ष एक हजार एक सय ४५ हेक्टर क्षेत्रफलमा आलुखेती भएकामा २३ हजार सात सय ९३ मेट्रिकटन उत्पादन भएको कृषि ज्ञान केन्द्रको तथ्यांक छ । क्षेत्रफल विस्तारसँगै आलुको उत्पादन बढेको केन्द्रका प्राविधिक सम्झना आचार्यले बताए। म्याग्दीमा हाल स्थानीय सेतो, रातो जातको आलु, निलो, कार्डिनल र एमएस ४२ नामक आलु उत्पादन हुने गरेको छ । 

यसैगरी फलफूल बाली विकास कार्यक्रममार्फत सुन्तला र किबीखेती विस्तार, बगैँचा सुदृढीकरण र बजारीकरणमा सघाउन ७४ लाख बजेट आएको छ । दुई वटा फलफूल नर्सरी स्रोत केन्द्र स्थापनाका लागि २० लाख, २० हेक्टर क्षेत्रफलमा खेती विस्तारका लागि ३० लाख, ३० हेक्टरमा बगैँचा व्यवस्थापन तथा सुदृढीकरण गर्न १२ लाख विनियोजन भएको छ । 

म्याग्दी जिल्लाबाट गत वर्ष रु २० करोड मूल्य बराबरको सुन्तला निकासी भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । सात सय छ हेक्टरमा सुन्तला जात फलफूलको खेती भएकामा तीन सय ५५ हेक्टरको बोटले उत्पादन दिने गरेको छ । 

प्रकाशित मिति : १० कार्तिक २०८०, शुक्रबार  १ : ३२ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका