अमेरिकाद्वारा सिरियामा इरानी फौजले प्रयोग गर्ने दुई साइटमा आक्रमण « Khabarhub

अमेरिकाद्वारा सिरियामा इरानी फौजले प्रयोग गर्ने दुई साइटमा आक्रमण


१० कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन– अमेरिकी सेनाले पूर्वी सिरियामा इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कप्र्स (आईआरजीसी) र सम्बद्ध समूहले प्रयोग गर्ने दुई वटा साइटमा आक्रमण गरेको अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले बताएका छन् ।

‘अक्टोबर १७ देखि सुरु भएको इरानी समर्थित मिलिसिया समूहद्वारा इराक र सिरियामा अमेरिकी कर्मचारीहरूविरुद्ध जारी तर करिब असफल आक्रमण शृङ्खलाको प्रतिक्रियास्वरूप गरिएको यो सटिक आत्मरक्षा आक्रमण हो’, रक्षामन्त्री अस्टिनले एक विज्ञप्तिमा भने । 

आक्रमणका क्रममा एक अमेरिकी ठेकेदारको हृदयाघातबाट मृत्यु भएको र २१ अमेरिकी सैनिक सामान्य घाइते भएको तर सबै आफ्नो काममा फर्किएको उनले बताए।

अमेरिकी सैनिकहरूमाथि भएको हमलाविरुद्ध अमेरिकी राष्ट्रपति जो बाइडेनले इरानका सर्वोच्च नेता आयातोल्लाह अली खमेनीलाई स्पष्टरूपमा दिनुभएको चेतावनीपछि अमेरिकाले सिरियामा आक्रमण गरेको ह्वाइट हाउसले बिहीबार बताएको छ ।  

विज्ञप्तिमा रक्षामन्त्री अस्टिनले सिरियामा आईआरसीजीले प्रयोग गर्ने साइटमाथि गरिएको आक्रमणलाई गाजामा इजराइल र हमास आतङ्कवादीबीच जारी सङ्घर्षबाट टाढा राख्न माग गरे । 

‘आत्मरक्षामा यो सङ्कुचितरूपमा तयार गरिएको आक्रमणको उद्देश्य सम्पूर्णरूपले इराक र सिरियामा अमेरिकी  कर्मचारीहरूको रक्षा गर्नु थियो’, उनले भने, ‘यो आक्रमण इजराइल र हमासबीच जारी सङ्घर्षबाट भिन्न र फरक छ, साथै इजराइल–हमास सङ्घर्षप्रति हाम्रो दृष्टिकोणमा कुनै परिवर्तन आएको छैन ।’

प्रकाशित मिति : १० कार्तिक २०८०, शुक्रबार  २ : १४ बजे

नेपालको कृषि रूपान्तरणको चरणमा : कृषि विज्ञ

काठमाडौं– सरोकारवाला विज्ञले नेपालको कृषि क्षेत्र रूपान्तरणको चरणमा पुगेको बताएका

पूर्वप्रधानन्यायाधीश श्रेष्ठलाई लाइफटाइम अचिभमेन्ट अवार्ड

काठमाडौं- पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले एसिया क्षेत्रको प्रतिष्ठित एसिस अवार्ड अन्तर्गत

परराष्ट्रमन्त्री खनालसँग ब्रुनाईकी नवनियुक्त गैरआवासीय राजदूत जैनीको भेटवार्ता

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि ब्रुनाई दरुसलामकी नवनियुक्त गैरआवासीय राजदूत

बेनीबाट म्याग्दीको सदरमुकाम स्थानान्तरण गर्न मन्त्री पुनको प्रस्ताव

म्याग्दी– विज्ञान, प्रविधि तथा नवप्रर्वतनमन्त्री महाविर पुनले म्याग्दीको सदरमुकाम बेनी

प्रधानमन्त्री कार्यालयको नियमित प्रेस ब्रिफिङ : विभिन्न निकायमा ६११ जनाको नियुक्ति

काठमाडौं– सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी