अमेरिकाद्वारा सिरियामा इरानी फौजले प्रयोग गर्ने दुई साइटमा आक्रमण « Khabarhub

अमेरिकाद्वारा सिरियामा इरानी फौजले प्रयोग गर्ने दुई साइटमा आक्रमण


१० कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन– अमेरिकी सेनाले पूर्वी सिरियामा इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कप्र्स (आईआरजीसी) र सम्बद्ध समूहले प्रयोग गर्ने दुई वटा साइटमा आक्रमण गरेको अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले बताएका छन् ।

‘अक्टोबर १७ देखि सुरु भएको इरानी समर्थित मिलिसिया समूहद्वारा इराक र सिरियामा अमेरिकी कर्मचारीहरूविरुद्ध जारी तर करिब असफल आक्रमण शृङ्खलाको प्रतिक्रियास्वरूप गरिएको यो सटिक आत्मरक्षा आक्रमण हो’, रक्षामन्त्री अस्टिनले एक विज्ञप्तिमा भने । 

आक्रमणका क्रममा एक अमेरिकी ठेकेदारको हृदयाघातबाट मृत्यु भएको र २१ अमेरिकी सैनिक सामान्य घाइते भएको तर सबै आफ्नो काममा फर्किएको उनले बताए।

अमेरिकी सैनिकहरूमाथि भएको हमलाविरुद्ध अमेरिकी राष्ट्रपति जो बाइडेनले इरानका सर्वोच्च नेता आयातोल्लाह अली खमेनीलाई स्पष्टरूपमा दिनुभएको चेतावनीपछि अमेरिकाले सिरियामा आक्रमण गरेको ह्वाइट हाउसले बिहीबार बताएको छ ।  

विज्ञप्तिमा रक्षामन्त्री अस्टिनले सिरियामा आईआरसीजीले प्रयोग गर्ने साइटमाथि गरिएको आक्रमणलाई गाजामा इजराइल र हमास आतङ्कवादीबीच जारी सङ्घर्षबाट टाढा राख्न माग गरे । 

‘आत्मरक्षामा यो सङ्कुचितरूपमा तयार गरिएको आक्रमणको उद्देश्य सम्पूर्णरूपले इराक र सिरियामा अमेरिकी  कर्मचारीहरूको रक्षा गर्नु थियो’, उनले भने, ‘यो आक्रमण इजराइल र हमासबीच जारी सङ्घर्षबाट भिन्न र फरक छ, साथै इजराइल–हमास सङ्घर्षप्रति हाम्रो दृष्टिकोणमा कुनै परिवर्तन आएको छैन ।’

प्रकाशित मिति : १० कार्तिक २०८०, शुक्रबार  २ : १४ बजे

इजरायलमा सरकार गठनका लागि अरब दल र विपक्षीबीच वार्ता

काठमाडौँ – इजरायलमा संसदीय निर्वाचनपछि वैकल्पिक सरकार गठन गर्ने विषयमा अरब

पशुपति क्षेत्र विकास कोषका दीर्घसेवी कर्मचारी आन्दोलित

काठमाडौँ – नयाँ नियमावलीमार्फत खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने प्रक्रिया अघि

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई लिएर हवाई सुरक्षा सतर्कता

काठमाडौँ – भारतको आन्ध्र प्रदेश तथा विशाखापट्टनम आसपासको तटीय क्षेत्रमा प्रवेश

स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका सहमति कार्यान्वयन गर्ने सरकारको निर्णय

 काठमाडौँ  – सरकारले स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका माग सम्बोधन गर्न

नेपाल वायुसेवा निगमको काठमाडौं–दमाम उडान रद्द

काठमाडौँ- साउदी अरेबियाको सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै नेपाल वायुसेवा निगमले काठमाडौं–दमाम