हुलाकी सडकले आवागमन सहज | Khabarhub Khabarhub

हुलाकी सडकले आवागमन सहज


१० कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

राँझा– हुलाकी सडक निर्माण भएपछि बाँकेको राप्तीपारीका बिनौना र बैजापुरवासीलाई आवागमनमा सहज भएको छ । हुलाकी सडकअन्तर्गत बाँकेको फत्तेपुरदेखि वैजापुरसम्मको सडक कालोपत्र भएपछि अहिले राप्ती सोनारी गाउँपालिकाका बासिन्दालाई सदरमुकाम नेपालगञ्ज आउनजान सहज भएको बिनौनास्थित भुवरभवानी माविका प्रधानाध्यापक चेतबहादुर बिष्टले बताएका छन्।

‘सडक नबन्दा विद्यालय जानआउन वर्षायाममा हिलाम्मे र हिउँदमा धुलाम्मे हुनुपथ्र्यो’, उनले भने, ‘सडक निर्माण भएपछि अब नेपालगञ्जबाटै आवतजावत गर्न सकिने भएको छ ।’

यो सडक निर्माण भएपछि राप्ती सोनारी गाउँपालिका–१, २, ३, ४, ५ र ६ का वडावासीलाई नेपालगञ्ज पुग्न सहज भएको उनको भनाइ छ । फत्तेपुर, विनौनाबैजापुरवासीलाई गाउँपालिकाको केन्द्र अगैया पुग्न पनि अहिले सहज भएको  छ । 

सडक कालोपत्रसँगै बीचमा पुल र कल्भर्ट निर्माणको कामसमेत भएको छ । सडक निर्माण भएपछि अहिले गाउँपालिका कार्यालय जानआउन धेरै सहज भएको राप्ती सोनारी गाउँपालिका–७ का वडाध्यक्ष रामलखन थारूले बताए । 

‘सडक नबन्द वर्षायाममा गाउँपालिका कार्यालय पुग्न दुःख हुन्थ्यो, हुलाकी सडक बनेपछि अव धेरै सुविस्ता भएको छ’, उनले भने, ‘विगतमा बिग्रेको बाटोमा मोटरसाइकल र साइकलमा यात्रा गर्दा दुःख कष्ट पाउने गरेकामा अहिले सडक बनेपछि सबैलाई सहज भएको  छ ।’

हुलाकी सडक बनेसँगै अहिले पूर्व–पश्चिम राजमार्गको वैकल्पिक सडकका रुपमा सर्वसाधारणले यो सडक प्रयोग गर्न थालेका छन् । अगैयाबाट बैजापुर, बिनौना, फत्तेपुर हुँदै सोझै नेपालगञ्ज आउन सकिने भएकाले यो सडक छोटो पर्ने वडाध्यक्ष थारूको भनाइ छ । 

फत्तेपुर नर्सरीदेखि वैजापुरसम्मको सडक निर्माण कार्य अहिले पनि जारी रहेको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगञ्जका सूचना अधिकारी इञ्जिनियर कृष्ण पाण्डेले जानकारी दिए। उनका अनुसार, वैजापुरलगायत केही स्थानमा सडक निर्माणको काम भइरहेको छ । सडकमा अन्तिम चरणको कालोपत्रको काम भइरहेको छ । 

आगामी कात्तिकसम्म सडक निर्माणको समय रहेको जानकारी दिँदै पाण्डेले सडक निर्माण पूरा नभए पनि हाल स्थानीयलाई आवागमनमा सहजता भएको बताए। सडक निर्माण भएपछि राप्तीसोनारी गाउँपालिका–१ देखि ७ सम्मका बासिन्दालाई आवागमनमा धेरै सहजता हुने उनको भनाइ छ । नेपालगञ्जबाट हुलाकी सडकअन्तर्गत दक्षिणतर्फ सिधनिया कटकुइँयासम्मको सडकको काम सम्पन्न भइसकेको छ ।

प्रकाशित मिति : १० कार्तिक २०८०, शुक्रबार  २ : २६ बजे

बागमतीमा भागबण्डा मिलाउन फुटाइयो मन्त्रालय

काठमाडौं– बागमती प्रदेश सरकारले सामाजिक विकास मन्त्रालय विभाजन गरेकाे छ

धुञ्चे–गोसाइँकुण्ड केबलकार निर्माणमा सहयोग गर्ने मन्त्री जोशीको प्रतिबद्धता

काठमाडौं – सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले धुञ्चे–गोसाइँकुण्ड

खेलाडीबाट अनुशासन सिक्नुपर्छः धनराज गुरुङ

कास्की – नेपाली कांग्रेसका उपसभापति एवम् प्रतिनिधिसभा सदस्य धनराज गुरुङले

मकालु आरोहण गर्ने क्रममा फ्रान्सेली नागरिकको मृत्यु

सङ्खुवासभा – मकालु हिमाल आरोहण गर्ने क्रममा एक फ्रान्सेली नागरिकको

अफगानिस्तानद्वारा १० अर्ब डलरको व्यापार

काबुल – फारसी क्यालेन्डर वर्ष १४०२ देखि मार्च १९ सम्मको