चीनद्वारा ‘स्थिर’ अमेरिकी सम्बन्धको आह्वान « Khabarhub

चीनद्वारा ‘स्थिर’ अमेरिकी सम्बन्धको आह्वान


१० कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन– चीनका विदेशमन्त्री वाङ यीले बिहीबार महिनौँको अशान्तिपछि अमेरिकासँग अधिक स्थिर सम्बन्धको अपेक्षा गरेको बताएका छन् । चिनियाँ राष्ट्रपति सि जिनपिङको सम्भावित अमेरिका भ्रमणको तयारीका लागि वासिङ्टनको दुर्लभ भ्रमणका क्रममा विदेशमन्त्री वाङले सो कुरा बताएका हुन् । 

अमेरिकी राष्ट्रपति जो बाइडेनले एसिया–प्रशान्त आर्थिक सहयोग (एपीईसी) शिखर सम्मेलनमा भाग लिन आफ्ना चिनियाँ समकक्षी सिलाई सान फ्रान्सिस्कोमा आमन्त्रण गरेका छन् ।

चिनियाँ विदेशमन्त्री वाङले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनसँग भेटवार्ता गरेर भ्रमणको सुरुआत गरेका छन् । भेटमा विदेशमन्त्री ब्लिङ्केनले आफ्ना पाहुनासँग आफू ‘रचनात्मक कुराकानी’ का लागि उत्सुक रहेको बताए । 

जुन महिनामा बेइजिङको भ्रमणमा आएका ब्लिङ्केनलाई वाङले चीन ‘असमझदारी कम गर्न’ चाहेको बताएका थिए । ‘चीन सामान्य आधारको विस्तार गर्न चाहन्छ र सहयोगलाई अगाडि बढाउन चाहन्छ जसले दुवै मुलुकलाई लाभ हुनेछ । हामी अमेरिका–चीन सम्बन्धलाई स्थिर बनाउन सकौँ र त्यसलाई स्वस्थ, स्थिर र दिगो विकासको मार्गमा फर्काउन सकौँ’, उनले भने। 

मतभेद अझै आउने कुरा स्वीकार गर्दै वाङले भने, ‘चीनले शान्तिपूर्वक जवाफ दिनेछ किनकी के सही हो र के गलत हो भन्ने कुरा कसको हात बलियो र आवाज उच्च छ भन्ने कुराले निर्धारण गर्दैन भन्ने हाम्रो भनाइ हो ।’

शुक्रबार वाङले ह्वाइट हाउसमा राष्ट्रिय सुरक्षा सल्लाहकार ज्याक सुलिभानसँग कुराकानी गर्नेछन् । राष्ट्रपति बाइडेनसँग कुनै बैठकको घोषणा गरिएको छैन तर बेइजिङमा राष्ट्रपति सिले ब्लिङ्केनलाई भेट दिएपछि बाइडेनसँग वाङको भेटवार्ता हुने व्यापक अपेक्षा गरिएको छ । 

प्रकाशित मिति : १० कार्तिक २०८०, शुक्रबार  २ : ४९ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको