कंगना अभिनित तेजसले पहिलो दिन ५० लाख कमायो « Khabarhub

कंगना अभिनित तेजसले पहिलो दिन ५० लाख कमायो


१० कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


702
Shares
  • change font
  • change font
  • change font

मुम्बई– कंगना रनावतको फिल्म तेजसलाई लिएर अहिले चर्चा परिचर्चा चलिरहेको छ । कंगनाको ‘तेजस’ सिनेमाघरमा रिलिज भइसकेको छ र फ्यानहरु निकै उत्साहित भएका थिए तर त्यो उत्साह लामो समय टिक्ने देखिएको छैन । 

तेजसमा कंगना वायुसेना पाइलटको भूमिकामा देखिएकी छिन् । यो फिल्मबाट जति अपेक्षा थियो, त्यो भने खेर गएको मिडिया रिर्पोट आएका छन । यो फिल्मलाई दर्शकसँगै समीक्षकले पनि त्यति नरुचाएको देखिएको छ । 

यसैबीचमा, फिल्मको पहिलो दिनको कलेक्सन सार्वजनिक भएको छ, जसलाई हेर्दा यसको अवस्था निकै नाजुक रहेको भन्न सकिन्छ । कंगना रनौतका यस अघिका धेरै फिल्म फ्लप भएका कारण मानिसहरूले तेजसबाट अपेक्षा गरेका थिए। फिल्मको ट्रेलरलाई धेरै मन पराइएको थियो तर वास्तविकतामा यो फिल्मलाई दर्शकले त्यति मन पराएनन । जसका कारण कंगनाको तेजसको कमाई करोडमा पनि छैन ।

पहिलो दिन कंगना रनौतको तेजस हेर्न निकै कम मानिस गएका थिए । सैकनिल्कको रिपोर्ट अनुसार तेजसले पहिलो दिन मात्र ५० लाखको व्यापार गरेको छ,  जुन साच्चै नै निकै कम हो । यदि तेजसको अवस्था यस्तै रह्यो भने यो फिल्म सप्ताहन्तपछि नै हलबाट हटाउन फिल्म सञ्चालकहरू बाध्य हुनेछन् । तर, सप्ताहन्तमा फिल्मको कमाई बढ्ने अनुमान भने नगरिएको होइन् ।

तेजसको कुरा गर्ने हो भने यसलाई सर्वेश मारवाहले निर्देशन गरेका हुन् । फिल्ममा कंगनासँगै अंशुल चौहान, वरुण मित्रा, आशिष विद्यार्थी र विशाख नायरको पनि महत्वपूर्ण भूमिका रहेको छ ।

प्रकाशित मिति : १० कार्तिक २०८०, शुक्रबार  ३ : ३६ बजे

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको

झापामा हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु

झापा – जंगली हात्तीको आक्रमणबाट आज एउटै गाउँका दुई व्यक्तिको