कंगना अभिनित तेजसले पहिलो दिन ५० लाख कमायो « Khabarhub

कंगना अभिनित तेजसले पहिलो दिन ५० लाख कमायो


१० कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


702
Shares
  • change font
  • change font
  • change font

मुम्बई– कंगना रनावतको फिल्म तेजसलाई लिएर अहिले चर्चा परिचर्चा चलिरहेको छ । कंगनाको ‘तेजस’ सिनेमाघरमा रिलिज भइसकेको छ र फ्यानहरु निकै उत्साहित भएका थिए तर त्यो उत्साह लामो समय टिक्ने देखिएको छैन । 

तेजसमा कंगना वायुसेना पाइलटको भूमिकामा देखिएकी छिन् । यो फिल्मबाट जति अपेक्षा थियो, त्यो भने खेर गएको मिडिया रिर्पोट आएका छन । यो फिल्मलाई दर्शकसँगै समीक्षकले पनि त्यति नरुचाएको देखिएको छ । 

यसैबीचमा, फिल्मको पहिलो दिनको कलेक्सन सार्वजनिक भएको छ, जसलाई हेर्दा यसको अवस्था निकै नाजुक रहेको भन्न सकिन्छ । कंगना रनौतका यस अघिका धेरै फिल्म फ्लप भएका कारण मानिसहरूले तेजसबाट अपेक्षा गरेका थिए। फिल्मको ट्रेलरलाई धेरै मन पराइएको थियो तर वास्तविकतामा यो फिल्मलाई दर्शकले त्यति मन पराएनन । जसका कारण कंगनाको तेजसको कमाई करोडमा पनि छैन ।

पहिलो दिन कंगना रनौतको तेजस हेर्न निकै कम मानिस गएका थिए । सैकनिल्कको रिपोर्ट अनुसार तेजसले पहिलो दिन मात्र ५० लाखको व्यापार गरेको छ,  जुन साच्चै नै निकै कम हो । यदि तेजसको अवस्था यस्तै रह्यो भने यो फिल्म सप्ताहन्तपछि नै हलबाट हटाउन फिल्म सञ्चालकहरू बाध्य हुनेछन् । तर, सप्ताहन्तमा फिल्मको कमाई बढ्ने अनुमान भने नगरिएको होइन् ।

तेजसको कुरा गर्ने हो भने यसलाई सर्वेश मारवाहले निर्देशन गरेका हुन् । फिल्ममा कंगनासँगै अंशुल चौहान, वरुण मित्रा, आशिष विद्यार्थी र विशाख नायरको पनि महत्वपूर्ण भूमिका रहेको छ ।

प्रकाशित मिति : १० कार्तिक २०८०, शुक्रबार  ३ : ३६ बजे

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु

यी हुन् कांग्रेस पदाधिकारीका प्रतिस्पर्धी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवशेनको मनोनयन दर्ता सकिएको छ

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि सार्वजनिक सवारीको रुट परमिट खुला

काठमाडौँ । दसैँको समयमा यात्रुको सहज आवागमनलाई व्यवस्थित बनाउन घटस्थापनादेखि

प्रभु बैंकका सीईओ सुमन शर्मालाई धरौटीमा छाड्न आदेश

काठमाडौँ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुमन शर्मालाई

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा निर्विरोध