इजरायल–हमास द्वन्द्वबारे संयुक्त राष्ट्रसङ्घद्वारा चिन्ता व्यक्त « Khabarhub

इजरायल–हमास द्वन्द्वबारे संयुक्त राष्ट्रसङ्घद्वारा चिन्ता व्यक्त


१० कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

जेनेभा– संयुक्त राष्ट्रसङ्घले इजरायल र हमासबीचको द्वन्द्वमा दुवै पक्षबाट युद्ध अपराध भइरहेकामा चिन्ता व्यक्त गरेको छ ।

संयुक्त राष्ट्रसङ्घको मानव अधिकार कार्यालयले जबर्जस्ती स्थानान्तरण, सामूहिक सजाय र बन्धक बनाइएका घटना युद्ध शुरू भएको २१ औं दिनमा पनि जारी रहेको उल्लेख गरेको छ ।

प्रवक्ता रविना शमदासानीले जेनेभामा आयोजित पत्रकार सम्मेलनमा भने,’युद्ध अपराध भइरहेकामा हामी चिन्तित छौं । हामी हमासको नृशंस आक्रमणको जवाफमा गाजावासीमाथि भएको सामूहिक सजायको बारेमा चिन्तित छौं, जुन युद्ध अपराध पनि हो ।’

उनले युद्ध अपराध भएको छ कि छैन भनेर प्रमाणित गर्ने काम स्वतन्त्र अदालतको भएको बताए । इजरायली अधिकारीहरूका अनुसार गत अक्टोबर ७ मा हमासका बन्दुकधारीले गाजामा आक्रमण गरेपछि इजरायलले गाजामा भारी बमबारी गरेको छ जसमा एक हजार ४०० जनाको मृत्यु भएको छ ।

हमास शासित गाजा पट्टीको स्वास्थ्य मन्त्रालयले उक्त आक्रमणमा सात हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको जनाएको छ, जसमा मुख्यतया सर्वसाधारण र धेरै बालबालिका रहेका छन् ।

इजरायलले गाजामा खाद्यान्न, पानी र बिजुलीको आपूर्तिमा कटौती गरेको छ । हमासले हतियार र विस्फोटक पदार्थ बनाउन प्रयोग गर्ने भन्दै इन्धनको सबै आपूर्तिमा रोक लगाएको हो ।

इजरायली सेनाले गाजा पट्टीको उत्तरी क्षेत्रमा रहेका मानिसहरूलाई (२४ लाख जनसङ्ख्याको लगभग आधा) सङ्ख्यालाई सम्भावित स्थल आक्रमणअघि दक्षिणतर्फ जान आह्वान गरेको छ ।

प्रकाशित मिति : १० कार्तिक २०८०, शुक्रबार  ५ : ५६ बजे

चीनद्वारा नयाँ उपग्रह प्रक्षेपण

एजेन्सी– चीनले मंगलबार उत्तरपश्चिम चीनको जिउक्वान उपग्रह प्रक्षेपण केन्द्रबाट सफलतापूर्वक

यी हुन् कांग्रेसबाट बन्दसूचीमा समावेश ११० जना उम्मेदवार  (सूचिसहित)

काठमाडौं– नेपाली कांग्रेसले फागुन २१ गते हुन लागेको प्रतिनिधिसभाको निर्वाचनका लागि

ठूला र पुराना लोकतान्त्रिक शक्तिले नै देशको नेतृत्व गर्ने हो : ओली

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी

ग्यासको बुलेट उठाउन नसक्दा अझै खुलेन पूर्व–पश्चिम महेन्द्र राजमार्ग

चन्द्रपुर– आज बिहान ७ः३० बजेदेखि अवरुद्ध भएको पूर्व–पश्चिम महेन्द्र राजमार्ग

‘विकासका लागि सबै जिम्मेवार बन्नुपर्छ’

काठमाडौं– मुलुकको विकास र समृद्धिका लागि राजनीतिक दललगायत सबै जिम्मेवार