नेपालको भूमि साट्नु हुँदैन : अध्यक्ष बिजुक्छे « Khabarhub

नेपालको भूमि साट्नु हुँदैन : अध्यक्ष बिजुक्छे


१० कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले लिम्पियाधुरा, कालापानी नेपालको भूमि रहेकाले त्यो भूमिसँग जग्गा साटफेर गर्न नहुने बताएका छन् । भक्तपुरको ल्यासिंखेलमा सुरु भएको दुई दिने ४३औँ नेपालभाषा साहित्य तःमुंज्या (भाषा सम्मेलन) मा बोल्दै उनले नेपालको भूमि सामरिक महत्वको क्षेत्र भएकोले कुनै पनि हालतमा नेपालले छोड्न नहुने बताएका हुन् ।

बिजुक्छेले भने, “पूर्खाको रगतले कोरिएको हाम्रो सार्वभौम भूमि कहीँको जग्गासित पनि साटिन हुँदैन ।’’ कार्यक्रममा बिजुक्छेले जनगायक चन्द्रबहादुर श्रेष्ठ, वरिष्ठ इञ्जिनीयर राजदास श्रेष्ठ, वरिष्ठ कार्टुनिस्ट मोहनश्याम खोकना र शिक्षाकर्मी अम्बिकामान मानन्धरलाई दोसल्ला ओढाएर नगद रु २५ हजारसहित सम्मानपत्रद्वारा सम्मान गरे ।

कार्यक्रममा वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, पूर्व न्यायाधीश गौरीबहादुर कार्की, ज्योतिषशास्त्री वीरेन्द्रप्रसाद कायष्थ, सम्मानित कार्टुनिष्ट मोहनश्याम खोकना, शिक्षाकर्मी मानन्धर, इञ्जिनीयर श्रेष्ठ, जनगायक श्रेष्ठलगायतले भाषाको महत्वबारे चर्चा गर्दै भाषाले नै इतिहास र पहिचान बोक्ने बताए ।

वरिष्ठ मनोरोग चिकित्सक डा धनरत्न शाक्य, जलस्रोत अध्येता रत्नसंसार श्रेष्ठ, भक्तपुर क्यान्सर अस्पतालका वरिष्ठ चिकित्सक प्रा डा ऋषिकेशनारायण श्रेष्ठ, सीमा अध्येता रतन भण्डारी, ‘जनमत’ साहित्यिक पत्रिकाका सम्पादक मोहन दुवाल, नेवार संस्कृतिका अभियानकर्मी रामविन्दु श्रेष्ठ, वन विज्ञान तथा वातावरण विज्ञानका अध्येता रोशन शेरचन, योगेन्द्रमान बिजुक्छे, नेपालभाषा साहित्य तःमुंज्याकी रत्ना डङ्गोल, महन्त महर्जन, समितिका अध्यक्ष बलराम सिबञ्जारलगायतले देशको परिवर्तनमा नेपाल भाषा र साहित्यको योगदानकाबारेमा चर्चा गरे ।

कार्यक्रममा साहित्यिक कार्यक्रममा साहित्यकारबाट कथा, कविता, निबन्ध र गीतहरू प्रस्तुत गरेका थिए भने एकाङ्की, नाटक, प्रहसन, नृत्यलगायत प्रतिस्पर्धात्मक साँस्कृतिक विधाहरू प्रस्तुत गरिएको थियो ।

प्रकाशित मिति : १० कार्तिक २०८०, शुक्रबार  १० : ०६ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल