माछापुच्छ्रे पदमार्ग व्यवस्थापन गर्न पर्यटन शुल्क « Khabarhub

माछापुच्छ्रे पदमार्ग व्यवस्थापन गर्न पर्यटन शुल्क


१० कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

पोखरा- कास्कीको माछापुच्छ्रे गाउँपालिकाभित्रका पदमार्गमा जाने पर्यटकले शुल्क तिर्नुपर्ने भएको छ । माछापुच्छ्रे गाउँपालिकाले पदमार्गमा पूर्वाधार निर्माण र व्यवस्थापनका लागि पर्यटकसँग शुल्क लिने निर्णय गरेको हो । गाउँसभाको निर्णयअनुसार आन्तरिक र बाह्य पर्यटकका लागि छुट्टाछुट्टै शुल्क लिइने प्रमुख प्रशासकीय अधिकृत गोपीकृष्ण अर्यालले जानकारी दिए ।

गाउँपालिकाले आज सूचना प्रकाशित गरी यस विषयमा जानकारी गराएको हो । सूचना अनुसार पालिकाभित्रको पदमार्गमा जाने विदेशी पर्यटकले पाँच सय र नेपाली पर्यटकले एक सय रुपैयाँ तिर्नुपर्ने छ । गाउँपालिकाले पर्यटकीय पदमार्गमा सामान्य पूर्वाधार निर्माण, सूचना केन्द्र स्थापना, सोलार बत्ती जडान, फोहरमैला व्यवस्थापन लगायतका सुविधा निर्माण तथा व्यवस्थापन गर्न पर्यटन सेवा शुल्क लिने गरिएको उनले बताए ।

स्थानीय तहको अधिकार सूचीअनुसार पालिकाको आर्थिक ऐन २०८० को अनुसूची ६ दफा ७ अनुसार शुल्क तोकिएको माछापुच्छ्रे गाउँपालिका–८ का वडाध्यक्ष रामबहादुर गुरुङले जानकारी दिए ।

यसरी शुल्क तोक्दा ट्रेकिङ गर्ने पर्यटकको अभिलेख रहने भएकाले आगामी योजना बनाउन सहज हुने उनको भनाइ थियो । “हाम्रोमा अहिले चारवटा ट्रेकिङ रुट छन् । त्यहाँ वर्षमा कतिजना जान्छन् कसैलाई थाहा छैन । यसले यहाँको अभिलेखीकरणमा सहयोग मिल्छ,” वडाध्यक्ष गुरुङले भने, “हामीले नियमसङ्गत शुल्क उठाउने निर्णय गरेका हौँ । यसबाट उठेको रकम पदमार्गमा खर्च हुन्छ । हामीले यहाँ सूचना केन्द्र बनाउने तयारी गरेका छौँ । यसले दुर्घटना हुँदा उद्धारमा पनि सघाउँछ ।”

तोकिएको शुल्क एक हप्ताभित्रमा लागू हुने वडाध्यक्ष गुरुङले बताउनुभयो । वडाध्यक्ष गुरुङले भन्नुभयो, “अहिले आन्तरिक तयारी गरिरहेका छौँ । अबको एक हप्ताभित्र शुल्क लिन्छौँ ।” माछापुच्छ्रे गाउँपालिकामा मर्दी हिमाल ट्रेकिङ रुट, माछापुच्छ्रे मोडेल ट्रेक, ग्रेट माछापुच्छ्रे ट्रेल (खुमाईं–कोर्चों डाँडा), घलेखर्क ताराहिल ट्रेक सञ्चालनमा छन् ।

प्रकाशित मिति : १० कार्तिक २०८०, शुक्रबार  १० : ०८ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया