जुलाईदेखि बन्द ‘द कपिल शर्मा शो’ अर्को वर्ष मात्र फर्किने « Khabarhub

जुलाईदेखि बन्द ‘द कपिल शर्मा शो’ अर्को वर्ष मात्र फर्किने


१० कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

मुम्बई- जुलाईको अन्तिम साताबाट बन्द भएको ‘द कपिल शर्मा शो’ अर्को वर्ष मात्र सानो पर्दामा फर्किने भएको छ ।

शोका निकटस्थहरूका अनुसार कपिल र उनको टोलीले यो वर्षको अन्त्यसम्ममा मात्र ३ महिनाको ब्रेक लिएर फर्कन चाहेको थियो । तर, कपिलको नयाँ प्रोजेक्टले उनको योजना बिथोलेको छ ।

श्रोत भन्छन्, ‘जब कपिलले शोबाट ब्रेक लिने निर्णय गरे, तब उनले यो ब्रेक ३ महिनाका लागि मात्र चाहेका थिए । त्यस समयमा कपिल आफ्नो अन्तर्राष्ट्रिय भ्रमणमा व्यस्त थिए । कपिलको व्यावसायिक प्रतिबद्धतालाई ध्यानमा राखिएको थियो । च्यानलले उनलाई ३ महिनाको ब्रेक लिएर नोभेम्बर महिनामा शोमा फर्कन भनेको थियो । तर यसैबिच कपिलले नयाँ प्रोजेक्ट साइन गरेर निर्मातालाई चकित पारेका थिए ।’

उनले थप बताए, ‘कपिलले नेटफ्लिक्ससँग कमेडी च्याट शो साइन गरेका छन् जुन करिब ३ महिनासम्म चल्नेछ । नेटफ्लिक्सको सम्झौताअनुसार कपिल उनीहरूको बाहेक अरू कुनै टिभी कार्यक्रमको हिस्सा बन्न पाउने छैनन् ।’

कपिल विथ नेटफ्लिक्सलाई ध्यानमा राख्दै च्यानलले अब अर्को वर्षको मार्च महिनामा शोमा पुनरागमन गर्ने सोच बनाएका छन् । द कपिल शर्मा शोको अन्तिम एपिसोड २३ जुलाई २०२३ मा टेलिकास्ट भएको थियो ।

स्रोत- एएनआई

प्रकाशित मिति : १० कार्तिक २०८०, शुक्रबार  १० : १३ बजे

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा