जुलाईदेखि बन्द ‘द कपिल शर्मा शो’ अर्को वर्ष मात्र फर्किने « Khabarhub

जुलाईदेखि बन्द ‘द कपिल शर्मा शो’ अर्को वर्ष मात्र फर्किने


१० कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

मुम्बई- जुलाईको अन्तिम साताबाट बन्द भएको ‘द कपिल शर्मा शो’ अर्को वर्ष मात्र सानो पर्दामा फर्किने भएको छ ।

शोका निकटस्थहरूका अनुसार कपिल र उनको टोलीले यो वर्षको अन्त्यसम्ममा मात्र ३ महिनाको ब्रेक लिएर फर्कन चाहेको थियो । तर, कपिलको नयाँ प्रोजेक्टले उनको योजना बिथोलेको छ ।

श्रोत भन्छन्, ‘जब कपिलले शोबाट ब्रेक लिने निर्णय गरे, तब उनले यो ब्रेक ३ महिनाका लागि मात्र चाहेका थिए । त्यस समयमा कपिल आफ्नो अन्तर्राष्ट्रिय भ्रमणमा व्यस्त थिए । कपिलको व्यावसायिक प्रतिबद्धतालाई ध्यानमा राखिएको थियो । च्यानलले उनलाई ३ महिनाको ब्रेक लिएर नोभेम्बर महिनामा शोमा फर्कन भनेको थियो । तर यसैबिच कपिलले नयाँ प्रोजेक्ट साइन गरेर निर्मातालाई चकित पारेका थिए ।’

उनले थप बताए, ‘कपिलले नेटफ्लिक्ससँग कमेडी च्याट शो साइन गरेका छन् जुन करिब ३ महिनासम्म चल्नेछ । नेटफ्लिक्सको सम्झौताअनुसार कपिल उनीहरूको बाहेक अरू कुनै टिभी कार्यक्रमको हिस्सा बन्न पाउने छैनन् ।’

कपिल विथ नेटफ्लिक्सलाई ध्यानमा राख्दै च्यानलले अब अर्को वर्षको मार्च महिनामा शोमा पुनरागमन गर्ने सोच बनाएका छन् । द कपिल शर्मा शोको अन्तिम एपिसोड २३ जुलाई २०२३ मा टेलिकास्ट भएको थियो ।

स्रोत- एएनआई

प्रकाशित मिति : १० कार्तिक २०८०, शुक्रबार  १० : १३ बजे

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर