मलाइका अरोरा र अर्जुन कपुरको ब्रेकअप भएको हो ? « Khabarhub

मलाइका अरोरा र अर्जुन कपुरको ब्रेकअप भएको हो ?


१० कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

मुम्बई- बलिउडको फेभरेट कपलको चर्चा हुँदा मलाइका अरोरा र अर्जुन कपुरको नाम अवश्यै आउँछ । केही दिनयता यी दुईको ब्रेकअप भएको हल्ला चलिरहेको छ ।

मलाइकाले हालै एउटा अन्तरवार्तामा यस मामिलामा आफूले केही पनि सफाइ दिनु पर्ने आवश्यकता नभएको अनि भन्नु पर्ने कुरा पहिले नै भनिसकेको बताएकी छिन् ।

एक अन्तरवार्तामा उनले भनिन, ‘म अहिले आफ्नो पर्सनल स्पेसबारे कुरा गर्न चाहन्न । म यस्तो स्टेजमा छु, जहाँ मैले बोल्न जरुरी थियो, त्यहाँ बोलिसके । मैले केही स्पष्टीकरण दिनु पर्ने आवश्यकता छैन, जे जति भन्नु पर्ने थियो त्यो सबै पहिला नै भनिसकेको छु ।’

अन्तरवार्तामा मलाइकाले ब्रेकअपबारे कुनै प्रतिक्रिया दिइनन् । अर्जुन कपुरले हालै मात्रै ब्रेकअपको खबरलाई अफवाह साबित गरिदिएका थिए ।

केही दिन अघि मलाइकाको जन्मदिनमा उनले एउटा रोमान्टिक तस्बिर शेयर गरेका थिए । सो पोस्टमा मलाइकाले आई लभ यु कमेन्ट गरेकी थिइन् ।

स्रोत- एएनआई

प्रकाशित मिति : १० कार्तिक २०८०, शुक्रबार  १० : ५५ बजे

एनपीएलले आईसीसीको मान्यता पाएसँगै नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा : क्यान

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)ले आईसीसीबाट

छ सय वर्ष पुरानो खड्गदेवीमा भक्तजनको भीड

दमौली (तनहुँ)- तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा रहेको प्रसिद्ध खड्गदेवी मन्दिरमा

नवरात्रको सातौँ दिन : कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना

काठमाडौं- नवरात्रको सातौँ दिन दसैँ घर तथा पूजाकोठामा नवदुर्गामध्येकी सातौँ

किशोर श्रेष्ठलाई पक्राउ गरिएकोबारे पत्रकार महासंघले के भन्यो ?

काठमाडौं- नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले

एसिया–प्रशान्तको समृद्धिमा जोड दिँदै एपीईसी सम्मेलन

बेइजिङ- एसिया–प्रशान्त क्षेत्रको आर्थिक समृद्धि र सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यले