नेपोलियन बोनापार्ट युद्ध मैदानमा जति कठोर थिए, त्यसको ठीक विपरीत उनको मनमा माया र स्नेहको असीम भण्डार थियो। उनी युद्ध मैदानमा पनि आफ्नी प्रेमिका जोसेफिनलाई बारम्बार सम्झिरहन्थे। लामो प्रणय सम्बन्धपछि उनीहरु विवाह बन्धनमा बाँधिए। तर विवाह भएको दुई दिनपछि नै नेपोलियनलाई युद्धमा खटाइयो।
उनी युद्ध मैदानमा आफ्ना सेनाको नेतृत्व गर्दै दिलो ज्यानले लडिरहेका थिए। यस्तो अवस्थामा पनि नेपोलियन जोसेफिनलाई सम्झिरहन्थे। फ्रान्स-इटलीबीच घमासान युद्ध भइरहेकै बेला नेपोलियनले दुई वटा प्रेमपत्र लेखे। जोसेफिनलाई लेखिएका ती पत्रमा कठोर सेनापतिको कमलो मन र त्यसभित्र भएका प्रेम, स्नेह र समर्पणका अभिव्यक्ति पोखिएका थिए। यहाँ तिनै पत्रहरुको भावानुवाद प्रस्तुत गरिएको छ।
जोसेफिनलाई लेखिएका प्रेमपत्रमा कठोर सेनापतिको कमलो मन र त्यसभित्र भएका प्रेम, स्नेह र समर्पणका अभिव्यक्ति पोखिएका थिए। यहाँ तिनै पत्रहरुको भावानुवाद प्रस्तुत गरिएको छ।
प्रिय जोसेफिन !
तिम्रो चुम्बन, तिम्रो आँसु र तिम्रो पुजनीय इर्ष्या बारम्बार मेरो स्मृतिमा आइरहन्छन्। तिम्रो अपूर्व सौन्दर्य मेरो हृदय र चेतनामा कहिल्यै ननिभ्ने ज्योति बनेर प्रज्वलित भइरहेको छ। मलाई यहाँका विभिन्न अड्चनले हरेक मोडमा अस्तव्यस्त र हैरान बनाइरहेका छन्।
म मुक्ति खोजिरहेको छु। कहिले मिल्ने हो त्यस्तो मुक्ति जब म प्रत्येक क्षण तिम्रो नजिक बिताउन पाउँछु। जब तिमीलाई प्रेम गर्नु बाहेक मसँग अरु कुनै काम हुने छैन। मसँग सोध्ने अरु कुनै विषय हुने छैन। म तिमीलाई प्रेम गर्छु र तिम्रो नजिक रहेर यही कुरा तिमीलाई बारम्बार बताउन चाहन्छु।
तिम्रो चुम्बन, तिम्रो आँसु र तिम्रो पुजनीय इर्ष्या बारम्बार मेरो स्मृतिमा आइरहन्छन्। तिम्रो अपूर्व सौन्दर्य मेरो हृदय र चेतनामा कहिल्यै ननिभ्ने ज्योति बनेर प्रज्वलित भइरहेको छ।
मलाई विश्वास छ, तिमी चाँडै नै मेरो साथ हुनेछौ। केही दिनअघि म सोच्न थालेको थिएँ- ‘म तिमीलाई प्रेम गर्छु। अब म तिमीलाई हजार गुना बढी प्रेम गर्न थालेको अनुभव गर्न थालेको छु। तिमीलाई पहिलोपल्ट भेटेदेखि नै तिमीप्रतिको मेरो पूजा भावना अधिकाधिक बढ्दै गएको छ। मेरो आग्रह छ- तिमी आफ्ना केही कमजोरी मलाई खुलस्त बताऊ। केही अनुदार बन। केही कठोर, केही निर्दयी बन। तर तिमी कहिल्यै इष्र्यालु नबन र कहिल्यै आँखाबाट आँसु नझार। तिम्रो आँसु देखेपछि मेरो तर्क बुद्धि नै हराउँछ। अब मेरो मनमा तिमीप्रति समर्पणका भावना मात्र प्रकट भइरहेका छन्।
तिमी विरामी भन्ने सुनेको थिएँ। धेरै आराम गरेर चाँडै स्वस्थ बन। म तिमीलाई चाँडो भन्दा चाँडो भेट्न चाहन्छु। भविष्यका थुप्रै अनगिन्ती रमाइला क्षणहरु तिम्रो साथ बिताउन चाहन्छु। मर्नुअघि हामी यो भन्न सकौं कि ‘यतिका दिनसम्म हामी कति खुसी थियौं ! लाखौं चुम्बन तिमीलाई र तिम्रो भाग्यलाई।’
म मुक्ति खोजिरहेको छु। कहिले मिल्ने हो त्यस्तो मुक्ति जब म प्रत्येक क्षण तिम्रो नजिक बिताउन पाउँछु। जब तिमीलाई प्रेम गर्नु बाहेक मसँग अरु कुनै काम हुने छैन। मसँग सोध्ने अरु कुनै विषय हुने छैन। म तिमीलाई प्रेम गर्छु र तिम्रो नजिक रहेर यही कुरा तिमीलाई बारम्बार बताउन चाहन्छु।
प्रिय जोसेफिन !
तिमी मेरो लागि अतुलनीय छौ। तिमीभन्दा टाढा रहँदा जीवनको कुनै आनन्दले मलाई प्रभावित पार्न सक्दैन। तिमीबाट अलग्गै रहँदा सारा संसार मरुभूमिजस्तै लाग्छ। त्यसको निर्जनतामा म एक्लैएक्लै भड्किरहेको हुन्छु। मेरो आत्मा, मेरो प्राण सबैमा तिम्रो एकाधिकार भइसकेको छ। मेरो सम्पूर्ण विचारको केन्द्र नै तिमी हौ।
जब मलाई कुनै दुष्परिणामको भय हुन्छ, तब म आफ्नै हृदयमा हात राख्छु। त्यहाँ तिम्रो तस्बिर कुँदिएको छ। त्यो देखेर म धैर्यको अनुभव गर्छु। जीवन एक पटक फेरि उल्लासमय भएको महसुस गर्छु। तर तिमीसँग टाढा हुँदाको अनुभवले मलाई बारम्बार तड्पाइरहन्छ।
मेरो प्राण तिम्रै लागि हो। ए मेरी प्रिय पत्नी, तिमी अहिलेभन्दा पनि टाढा भयौ भने त्यो क्षण मेरा लागि असह्य हुनेछ। मेरो पराक्रमले पनि त्यतिखेर मलाई सहारा दिँदैन। एउटा समय थियो, जब मलाई मेरो वीरतामाथि गर्व थियो।
मेरो प्राण तिम्रै लागि हो। ए मेरी प्रिय पत्नी, तिमी अहिलेभन्दा पनि टाढा भयौ भने त्यो क्षण मेरा लागि असह्य हुनेछ। मेरो पराक्रमले पनि त्यतिखेर मलाई सहारा दिँदैन। एउटा समय थियो, जब मलाई मेरो वीरतामाथि गर्व थियो।
म जस्तोसुकै डरलाग्दो कल्पना गर्न सक्थें। तर अहिले सानो कुराले पनि मलाई बिचलित बनाउँछ। कहीँ कतै मेरी जोसेफिन विरामी त भइनन् ? उनीमाथि कुनै आपत्ति त आइलागेन ? यस्तै विचारले मेरो मुटुको ढुकढुकीलाई नै रोकिदिन्छ। मलाई दुखी र असहायजस्तै बनाउँछ। यति दुर्बल बनाइदिन्छ कि त्यतिखेर म क्रोध गर्न पनि सक्तिन। न त निराशा नै प्रकट गर्न समर्थ हुन्छु।
मेरो प्राण तिम्रै लागि हो। ए मेरी प्रिय पत्नी, तिमी अहिलेभन्दा पनि टाढा भयौ भने त्यो क्षण मेरा लागि असह्य हुनेछ। मेरो पराक्रमले पनि त्यतिखेर मलाई सहारा दिँदैन। एउटा समय थियो, जब मलाई मेरो वीरतामाथि गर्व थियो।
मेरो मन थाकेको छ। दुःख भरिएको छ। मेरो उत्साह नै शिथिल भएको छ। मलाई मेरा वरिपरि रहेका सबै मान्छे देखेर घृणा लाग्छ। उनीहरुले नै मलाई तिमीदेखि टाढा पुर्याएका छन्।
अब म अरु धेरै लेख्दिन। मेरी प्रियतम ! मेरो मन थाकेको छ। दुःख भरिएको छ। मेरो उत्साह नै शिथिल भएको छ। मलाई मेरा वरिपरि रहेका सबै मान्छे देखेर घृणा लाग्छ। उनीहरुले नै मलाई तिमीदेखि टाढा पुर्याएका छन्।
मलाई प्रेम गर जोसेफिन। यति गर जति तिमी आफ्नो आँखालाई स्नेह गछ्र्यौ। त्यो पनि कम हुन्छ मेरा लागि। आफ्नो जीवन, आफ्नो भावना र आफ्नो हृदयभन्दा बढी प्रेम गर। तिमीसँग जे जति कुरा छन्, तिनलाई भन्दा बढी मलाई प्रेम गर। मेरी सबैभन्दा प्रिय साथी ! मलाई क्षमा गर, यतिखेर म पागल भएको छु।
तिम्रो नेपोलियन
प्रतिक्रिया