अक्षय कुमारसँग किन काम गर्दैनन् शाहरुख ? | Khabarhub Khabarhub

अक्षय कुमारसँग किन काम गर्दैनन् शाहरुख ?


११ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शाहरुख खानलाई बलिउड बादशाह उपमाले पनि चिनिन्छ । यो त्यसै भनिएको होइन । उनको ‘चार्म’ बलिउडमा अन्य अभिनेताभन्दा फरक छ । उनको जन्मदिनमा उनको घरबाहिर आउने हजरौं समर्थकले पनि उनी बलिउडको किङ नै हुन् भन्ने पुष्टि हुन्छ । उनको रोमान्टिक ‘आइकोनिक’ पोज हेर्नकै लागि त्यो भिड उर्लन्छ ।

शाहरुखको बलिउडमा सबै अभिनेता र अभिनेतृसँग राम्रो सम्बन्ध छ । बलिउडमा उनको प्रतिस्पर्धीका रुपमा हेरिएका सलमान खानसँग सन् २००८ मा झगडा भए पनि अहिले सम्बन्ध राम्रो छ । दुवैले एक–अर्को फिल्ममा ‘गेस्ट अपिरेन्स’ दिँदै आएकाले पनि उनीहरुको सम्बन्ध राम्रो रहेको पुष्टि हुन्छ ।

बलिउडका बाबा सञ्जय दत्तसँग त उनको झनै राम्रो दोस्ती छ । दोस्तीको जड चाहिँ सञ्जयले शाहरुखलाई संघर्षको दिनमा दिएको बचन हो । दिल्लीमा जन्मेका शाहरुख फिल्मका काम गर्न मुम्बई जाँदा कठोर संर्घष गरिरहेको थिए । उनका त्यहाँ कोही थिएनन् । त्यही क्रममा एक व्यक्तिसँग झगडा पर्दा सञ्जयले शाहरुखलाई साथ दिएका थिए ।

शाहरुखले सञ्जयसँगको सम्बन्धको बारेमा एक कार्यक्रममा खुलासा गरेका थिए– संघर्षको दिनमा मुम्बईमा नयाँ नयाँ थिए । मेरो एक जनासँग झगडा भएको थियो । मलाई सहयोग गर्ने कोही थिएन । मैले दिल्लीलाई सम्झना गरिरहेको थिएँ, त्यो समयमा । मेरो साथ कोही थिएन तर एउटा व्यक्ति मेरो साथमा उसको जिप लिएर आएको थियो र भनेको थियो– कसैले छोयो भने मलाई भन्नू । त्यो व्यक्ति सञ्जय दत्त हो ।

सञ्जयको यही बचनलाई शाहरुख कहिल्यै भुल्दैन । यही बचनले शाहरुखले सञ्जयलाई ‘बडे भाइ’ अर्थात् दाइ भन्न रुचाउँछन् र आज ‘बलिउड किङ’ बनेर संसार भर चर्चा कमाउँदा सञ्जयको यो सहयोगको सम्झना गर्छन् । यसबारे सञ्जय भन्छन्, ‘मैले त्यो समयमा ठूलो कुरा केही गरेको थिइनँ । जे गरको थिएँ त्यो अझै शाहरुखले कुरा गरिरहन्छ त्यो उसको महानता हो ।’

अब प्रश्न उठ्छ यस्तो मिलनसार शाहरुख किन अक्षय कुमारसँग काम गर्दैनन् त ? शाहरुख र अक्षयले सन् १९९७ मा ‘दिल तो पागल है’मा काम गरेका थिए । दुवै बलिउडमा सक्रिय छन्, दुवैको स्टारडम शानदार छ र एक आपसमा दुश्मनी पनि छैन तर फिल्ममा भने उनीहरु सँगै देखिँदैनन् ।

के भन्छन् शाहरुख ?

बलिउड अभिनेतामा अक्षय कुमारको जीवनशैली उदाहरणीय मानिन्छ । उनी बिहान ४ बजे उठ्छन् र बेलुका ९ बजे सुत्न ओछ्यानमा जान्छन् । उनको दैनिक तालिका बलिउडका अन्य कलाकार कोहीसँग मेल खाँदैनन् ।

बलिउडमा अक्षयसँग काम गरेका सबैको एउटै गुनासो हुन्छ, ‘बिहान उठ्नु पर्ने भएकाले समस्या भयो ।’

हो यही कारणले शाहरुख र अक्षयको सहकार्य हुन नसकेको हो । शाहरुखले एक अन्तर्वार्तामा खुलासा गरेअनुसार निन्द्रा कारण अक्षयसँग उनले फिल्म नगरेका हुन् ।

शाहरुख भन्छन्, ‘जब मेरो दिन सुरु हुन्छ, अक्षयको रात परिसकेको हुन्छ ।’ यदि दुवैले एउटै फिल्ममा काम गर्ने अवस्था आए पनि सुटिङ सेटमा भेट नहुने शाहरुख बताउँछन् । उनी ठट्टा गर्दै थप्छन्, ‘जब म सुटिङ सेटमा जान्छु अक्षय सामान प्याक गरेर घर फर्किसकेको हुनेछ । ऊ जाँदै गर्दा म आइरहेको हुन्छु ।’

यद्यपि अक्षयसँग काम गर्न मन रहेको शाहरुख बताउँछन् । उनी थप्छन्, ‘मलाई उसँग स्क्रिनमा काम गर्न मन छ, तर हाम्रो लागि समय बाधक बन्छ ।’

प्रकाशित मिति : ११ मंसिर २०८०, सोमबार  ९ : १९ बजे

क्रिकेटर लामिछानेको मुद्दामा आज पनि बहस हुने, फैसला आउन सक्ने

काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेको मुद्दामा उच्च

लखनउमाथि दिल्लीको जित : कस्तो छ प्लेअफको गणितीय सम्भावना ?

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बागमतीसहित पाँच प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

बुधबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल जेठ २ गते बुधबार सन्

बुधबार कृष्ण भगवानको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल जेठ २ गते बुधबार तदनुसार