आज गुरु नानक जयन्ती र कार्तिक स्नान समाप्ति « Khabarhub

आज गुरु नानक जयन्ती र कार्तिक स्नान समाप्ति


११ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज मंसिर ११ गते सोमबार कार्तिक शुक्ल पूर्णिमा तदअनुसार नोभेम्बर २७ तारिख २०२३। आज गुरु नानक अर्थात् शिख धर्मावलम्बीका गुरुको जन्मदिन हो। आजको दिनलाई गुरु पर्व वा गुरु पूर्णिमा भनेर मनाइन्छ। हिन्दुहरुलेसमेत गुरु पूर्णिमाको रुपमा आजको दिनलाई विशेष रुपले मनाउने गर्दछन्।

संसारभरका शिख धर्मावलम्वीले श्रद्धाका साथ गुरु नायक अर्थात् शिख गुरुको सम्झना गर्ने गर्दछन्। विशेष गरेर आज गुरु नानक जयन्ती अर्थात् शिख धर्मका प्रमुख गुरु नायकको जन्म भएको दिन हो।

गुरु नानकको जन्म विक्रम सम्वत् १५ सय २६ मा पाकिस्तानमा भएको थियो । गुरु नानक धर्मरक्षक र समाज सुधारक थिए ।  धर्ममा भेदभाव नराख्नु उनको विशेषता थियो । उनले समानता, बन्धुत्व, सद्गुणमा आधारित भावनात्मक र सामाजिक आधार सिर्जना गरेका थिए ।

आजको दिनलाई गुरु नानक प्रकासोत्सव र गुरुपर्व पनि भनिन्छ । यस दिन पवित्र ग्रन्थ गुरु ग्रन्थ साहिबको अध्ययन गरेर गुरुपर्वको विधि विधान अनुरुप समापन गरिन्छ ।

कार्तिक शुक्ल पूर्णिमा वा आजको दिनलाई गुरु निम्बार्काचार्यको जन्म दिनसमेत मानिन्छ।

एक दिन अनेक कर्म भनेजस्तै कार्तिक शुक्ल पूर्णिमाको दिन हरेक वर्ष चतुर्मास समापन हुन्छ। अहिलेसम्म रोकिएका शुभकार्य आजको दिनबाट गर्न थालिन्छन्।

यही पद्धति र परम्परा अनुसार मङ्सिर लागेसँगै हाम्रो समाजमा विवाह तथा व्रतबन्ध जस्ता शुभकार्य सुरु हुन्छन्। दसैँको समापनसँगै सुरु भएको कार्तिक स्नानसमेत आजबाट समापन भएको छ।

प्रकाशित मिति : ११ मंसिर २०८०, सोमबार  ५ : ५३ बजे

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार