आज गुरु नानक जयन्ती र कार्तिक स्नान समाप्ति | Khabarhub Khabarhub

आज गुरु नानक जयन्ती र कार्तिक स्नान समाप्ति


११ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज मंसिर ११ गते सोमबार कार्तिक शुक्ल पूर्णिमा तदअनुसार नोभेम्बर २७ तारिख २०२३। आज गुरु नानक अर्थात् शिख धर्मावलम्बीका गुरुको जन्मदिन हो। आजको दिनलाई गुरु पर्व वा गुरु पूर्णिमा भनेर मनाइन्छ। हिन्दुहरुलेसमेत गुरु पूर्णिमाको रुपमा आजको दिनलाई विशेष रुपले मनाउने गर्दछन्।

संसारभरका शिख धर्मावलम्वीले श्रद्धाका साथ गुरु नायक अर्थात् शिख गुरुको सम्झना गर्ने गर्दछन्। विशेष गरेर आज गुरु नानक जयन्ती अर्थात् शिख धर्मका प्रमुख गुरु नायकको जन्म भएको दिन हो।

गुरु नानकको जन्म विक्रम सम्वत् १५ सय २६ मा पाकिस्तानमा भएको थियो । गुरु नानक धर्मरक्षक र समाज सुधारक थिए ।  धर्ममा भेदभाव नराख्नु उनको विशेषता थियो । उनले समानता, बन्धुत्व, सद्गुणमा आधारित भावनात्मक र सामाजिक आधार सिर्जना गरेका थिए ।

आजको दिनलाई गुरु नानक प्रकासोत्सव र गुरुपर्व पनि भनिन्छ । यस दिन पवित्र ग्रन्थ गुरु ग्रन्थ साहिबको अध्ययन गरेर गुरुपर्वको विधि विधान अनुरुप समापन गरिन्छ ।

कार्तिक शुक्ल पूर्णिमा वा आजको दिनलाई गुरु निम्बार्काचार्यको जन्म दिनसमेत मानिन्छ।

एक दिन अनेक कर्म भनेजस्तै कार्तिक शुक्ल पूर्णिमाको दिन हरेक वर्ष चतुर्मास समापन हुन्छ। अहिलेसम्म रोकिएका शुभकार्य आजको दिनबाट गर्न थालिन्छन्।

यही पद्धति र परम्परा अनुसार मङ्सिर लागेसँगै हाम्रो समाजमा विवाह तथा व्रतबन्ध जस्ता शुभकार्य सुरु हुन्छन्। दसैँको समापनसँगै सुरु भएको कार्तिक स्नानसमेत आजबाट समापन भएको छ।

प्रकाशित मिति : ११ मंसिर २०८०, सोमबार  ५ : ५३ बजे

५२ संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धको मुद्दामा आज फैसला सुनाइने

काठमाडौं– सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित विभिन्न संवैधानिक निकायमा

गाजाले युद्धविराम प्रस्ताव नमाने धुलो बनाउने इजरायली चेतावनी

इजरायल – इजरायलले हमासले युद्ध विरामका लागि राखिने प्रस्ताव नमानेमा

बाँकेमा साइबर अपराधका उजुरी बढे

बाँके– जिल्ला प्रहरी कार्यालय बाँकेमा साइबर अपराधसम्बन्धी उजुरी बढ्दै गएको

जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कञ्चनपुर– कञ्चनपुरको वेदकोट नगरपालिका– ३ दैजी बजारमा जिपले ठक्कर दिँदा

कानूनसहित पाँचवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न पाँचवटा समितिको बैठक बस्दैछ