नेपाल सुपर लिग : आज झापा र इलाम एफसी खेल्ने « Khabarhub

नेपाल सुपर लिग : आज झापा र इलाम एफसी खेल्ने


११ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


339
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल सुपर लिग (एनएसएल) फुटबलको दोस्रो संस्करणअन्तर्गत आज झापा एफसी र स्पोर्टिङ इलाम डे मेची एफसीबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ साढे ५ बजे सुरु हुनेछ ।

प्रतियोगितामा इलामले आज दोस्रो खेल खेल्न लागेको हो भने झापा पहिलो खेल खेल्दैछ । इलाम उद्घाटन खेलमा काठमाडौँसँग पराजित भएको थियो । प्रतियोगितामा दुवै टोली नवप्रवेशी हुन् ।

शुक्रबारबाट सुरु भएको खेलमा ९ टोली सहभागी छन् । जसमा साविक विजेता काठमाडौं रेजर्स, उपविजेता धनगढी एफसी, बुटवल लुम्बिनी एफसी, ललितपुर एफसी, एफसी चितवन, पोखरा थन्डर्स, झापा एफसी, स्पोर्टिङ इलाम डे मेची एफसी र वीरगन्ज युनाइटेड एफसी छन् ।

हिजोसम्म भएका खेलमा साविक विजेता काठमाडौँ, साविक उपविजेता धनगढी एफसी, ललितपुर र पोखरा थन्डर्सले विजयी सुरुवात गरेका छन् । 

प्रतियोगिता पुस २१ गतेसम्म सञ्चालन हुनेछ ।

प्रकाशित मिति : ११ मंसिर २०८०, सोमबार  ६ : १६ बजे

धान नफलेपछि माडीका किसान चिन्तित

नारायणगढ– गत वर्षसम्म धान फल्ने खेतमा यस वर्ष रोपाइँ गरेदेखि

पोखराविरुद्ध जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

प्रदेश प्रमुख खापुङसँग मुख्यमन्त्री कार्कीद्वारा बिदाइ भेट

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग

स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षा समावेश

चितवन– भरतपुर महानगरपालिकाले तयार गरेको स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षालाई समावेश

बेनी-दरवाङ सडक सञ्चालन

म्याग्दी– म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम