नेपाल सुपर लिग : आज झापा र इलाम एफसी खेल्ने | Khabarhub Khabarhub

नेपाल सुपर लिग : आज झापा र इलाम एफसी खेल्ने


११ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


339
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल सुपर लिग (एनएसएल) फुटबलको दोस्रो संस्करणअन्तर्गत आज झापा एफसीस्पोर्टिङ इलाम डे मेची एफसीबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ साढे ५ बजे सुरु हुनेछ ।

प्रतियोगितामा इलामले आज दोस्रो खेल खेल्न लागेको हो भने झापा पहिलो खेल खेल्दैछ । इलाम उद्घाटन खेलमा काठमाडौँसँग पराजित भएको थियो । प्रतियोगितामा दुवै टोली नवप्रवेशी हुन् ।

शुक्रबारबाट सुरु भएको खेलमा ९ टोली सहभागी छन् । जसमा साविक विजेता काठमाडौं रेजर्स, उपविजेता धनगढी एफसी, बुटवल लुम्बिनी एफसी, ललितपुर एफसी, एफसी चितवन, पोखरा थन्डर्स, झापा एफसी, स्पोर्टिङ इलाम डे मेची एफसी र वीरगन्ज युनाइटेड एफसी छन् ।

हिजोसम्म भएका खेलमा साविक विजेता काठमाडौँ, साविक उपविजेता धनगढी एफसी, ललितपुर र पोखरा थन्डर्सले विजयी सुरुवात गरेका छन् । 

प्रतियोगिता पुस २१ गतेसम्म सञ्चालन हुनेछ ।

प्रकाशित मिति : ११ मंसिर २०८०, सोमबार  ६ : १६ बजे

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं – सङ्घीय संसद् राष्ट्रियसभाको बैठक १ः१५ बजे सङ्घीय संसद्

खर्च विधेयक पास भएपछि ट्रम्पले भने-‘अब अमेरिका रकेटकै गतिमा चल्छ’

वाशिङ्टन – लामो छलफल र बहसपछि अमेरिकी संसद्ले राष्ट्रपति डोनाल्ड

चार प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौं– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून