कुण्डलीअनुसार विवाहको योग कसरी बन्छ ? « Khabarhub

कुण्डलीअनुसार विवाहको योग कसरी बन्छ ?


११ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


882
Shares
  • change font
  • change font
  • change font

नेपाली समाजमा मंसिर महिनालाई विवाह लग्नको महिनाको रुपमा लिइन्छ । यो उमेर पुगेका युवायुवतीबीच मायाको लगनगाँठो कस्ने महिनामध्येको एक हो ।

विवाह व्यक्तिको स्वभाव र रुचि, संस्कृतिमा मात्र नभइ कुण्डली अनुसारको ग्रहदशामा पनि निर्भर रहन्छ भन्ने शास्त्रीय मान्यता छ ।

ज्योतिषशास्त्रको मान्यताअनुसार ग्रह नै व्यक्तिको जीवनमा कारक बन्दछ । जसमा व्यक्तिको कुण्डली अनुसार एक भन्दा बढी विवाहको योग बन्न पुग्दछ

यो योग महिला तथा पुरुष दुवैका लागि बनेको हुन्छ । पहिले विवाह भइसकेको पुरुष वा महिलाको पत्नि वा पतिको निधनपछि हुने विवाह पनि यही कुण्डली र ग्रहदशा अनुसार नै हुने गर्दछ । यसलाई कुण्डलीमा रहेको ग्रहदशाको परिणामका रूपमा विश्वास गरिन्छ ।

कस्तो कुण्डली भएका व्यक्तिको बहुविवाह हुने योग हुन्छ  ?

ज्योतिष शास्त्रको मान्यताअनुसार जुन व्यक्तिको कुण्डलीमा चन्द्र अथवा शुक्र एकै भावमा रहन्छन् र उसको अवस्था बलियो हुन्छ भने त्यस्ता व्यक्तिको एकभन्दा बढी विवाह हुनसक्छ ।

यसका साथै कुण्डलीको लग्नेश उच्च वा स्वराशिगत केन्द्र भावमा विराजमान हुन्छ भने यस्ता व्यक्तिको एक भन्दा बढी पति वा पत्नी हुन सक्छन् ।

कुण्डलीमा सप्तमेश भावमा शनि विराजमान हुन्छ र त्यो कुनै पाप गृहबाट प्रभावित हुन्छ भने पनि यस किसिमका व्यक्तिको बहुविवाह हुने योग हुन्छ ।

कसैको कुण्डलीको लग्न एक उच्च गृह राशिमा हुन्छ भने बहुविवाह हुने सम्भावना रहन्छ ।

प्रकाशित मिति : ११ मंसिर २०८०, सोमबार  ६ : २८ बजे

अष्ट्रेलियाकी विदेशमन्त्रीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई

 काठमाडौं– अष्ट्रेलियाले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहलाई पदभार सम्हालेकोमा बधाई दिएको

रवि–ज्ञानेन्द्रबीच भेट, उपसभामुखमा सहकार्यको संकेत

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) का सभापति रवि लामिछाने र

लेबनान द्वन्द्वको असर, संयुक्त राष्ट्र क्षेत्रका कर्मचारी जोखिममा

एजेन्सी– लेबनानको दक्षिणी क्षेत्रमा शुक्रबार भएको विस्फोटमा इन्डोनेसियाका तीन कर्मचारी

अफगानिस्तानमा ५.८ म्याग्निच्युडको भूकम्प : ८ जनाको मृत्यु

एजेन्सी– अफगानिस्तानमा शुक्रबार साँझ ५.८ म्याग्निच्युडको भूकम्प गएको छ ।

गाजा व्यवस्थापनका लागि हमासको नयाँ पहल

गाजा– हमासले शुक्रबार गाजा पट्टीको व्यवस्थापन र युद्धविराम सम्झौताको पहिलो