‘सर्भिस लेन’को ढाँचा परिवर्तन गर्न बुटवल उपमहानगरको आग्रह « Khabarhub

‘सर्भिस लेन’को ढाँचा परिवर्तन गर्न बुटवल उपमहानगरको आग्रह


११ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी– बुटवल उपमहानगरपालिकाले चौराहाबाट गोलपार्कसम्मको सडकको ‘सर्भिस लेनको डिजाइन’ परिवर्तन गर्न सडक विभागलाई आग्रह गरेको छ ।

चौराहाबाट गोलपार्कसम्मको सडक डिजाइनमा स्थानीय व्यवसाय प्रवर्द्धन, पार्किङ, सडक व्यवसाय, हरियाली, खानेपानी र विद्युतीकरणसहितको सडक निर्माण गर्नुपर्ने जनाउँदै उपमहानगरपालिकाले विभागसँग सो आग्रह गरेको हो ।

बुटवल उपमहानगरपालिकामा आइतबार बसेको सरोकारवालासहितको बैठकले बुटवलको व्यस्त बजार र बस्ती क्षेत्र सडकको ‘सर्भिस लेन’लाई हरियाली, साना सवारी पार्किङ, साना व्यवसाय, व्यवस्थित खानेपानी र विद्युतीकरण गर्ने गरी निर्माण गर्न सडक विभागलाई आग्रह गर्ने निर्णय गरेको उपमहानगर प्रमुख खेलराज पाण्डेयले जानकारी दिए ।

उनका अनुसार बुटवलको मुख्य बजार क्षेत्रको सर्भिस लेनको बहुउपयोग गर्नका लागि सर्भिस लेनको डिजाइनलाई सडक विभागलाई पत्राचार गर्ने निर्णय गरिएको हो ।

उनले चौराहाबाट गोलपार्कसम्मको सर्भिस लेनको निर्माण बाँकी रहेकाले निर्माण सुरु हुनुअघि नै ढाँचामा हेरफेर गरी स्थानीय आवश्यकताअनुसारको बनाउनु पर्ने बताए ।

उनले भने, ‘सडक बनाएपछि सवारी पार्किङ गर्ने क्षेत्र मासियो, अन्यत्र पार्किङ गर्ने स्थान छैन, पहिलेका आराम गर्ने चौतारी पनि मासिए, पानी पिउने ठाउँ, शौचालय पनि राख्ने ठाउँ छैन ।’

उनले सर्भिस लेनको बीचबीचमा साना गाडी पार्किङको क्षेत्र, साना विश्रामस्थल, पिउने पानी, शौचालयसमेतलाई व्यवस्थित गर्ने गरी सडक विभागलाई प्रस्तावित डिजाइन पठाइएको समेत जानकारी दिए ।

बैठकमा उपप्रमुख सावित्रादेवी अर्यालले स्थानीय आवश्यकतालाई हेरेर ‘सर्भिस लेनको डिजाइन’मा परिवर्तन गर्नुपर्ने बताइन् ।

सडक डिभिजन बुटवलका प्रमुख विसुनदास लामाले सरोकारवालाको मागअनुसार सडक विभागमा अनुरोध गर्ने  बताए ।

बैठकमा बुटवल उद्योग वाणिज्य सङ्घ, रूपन्देही उद्योग सङ्घ, रूपन्देही व्यापार सङ्घ, ट्राफिक व्यवस्थापन कार्यालय, खानेपानी संस्थान बुटवल, यातायात व्यवसायीलगायतका सरोकारवालाको सहभागिता थियो ।

प्रकाशित मिति : ११ मंसिर २०८०, सोमबार  ८ : ३२ बजे

सिपाही–सेलिब्रेटी बनेका प्रशान्तको बलिउड सपना अधुरै

काठमाडौं- प्रशान्त तामाङ (४ जनवरी १९८३ – ११ जनवरी २०२६) भारतमा जन्मिएका

मेचीनगरमा प्रथम भाक्का उत्सव

झापा‍– मेचीनगरमा पहिलो पटक राजवंशी समुदायले आज प्रथम भाक्का पिठ्ठा उत्सव

तनहुँमा बीभत्स अवस्थामा भेटिए तीन शव, एक जनाको सनाखत

दमौली– शनिबारको बिहान करिब ९ः३० बज्दै थियो । शान्त देखिने

सम्भावित अमेरिकी आक्रमणविरुद्ध इरानले दियो चेतावनी

दुबई- इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विरोध प्रदर्शनका नाममा सैन्य

राप्रपाको जलपान कार्यक्रममा प्रधानमन्त्री कार्की (तस्बिरहरू)

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्की राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीका