सुदूरका मौलिक गीतमा जमेकी ‘रोजी’ « Khabarhub

सुदूरका मौलिक गीतमा जमेकी ‘रोजी’


११ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


537
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– बाल्यकालदेखि नै नृत्यमा औधी चाहना राख्ने अछाम साँफेबगरकी रोजी कुँवर यतिबेला सुदूरपश्चिमका मौलिक गीत, देउडामा अभिनयका साथै विभिन्न साङ्गीतिक महोत्सवका स्टेज कार्यक्रममा व्यस्त छिन् ।

सुदूरपश्चिमको युवापुस्ताका कलाकारमा चल्तीकी नृत्याङ्गना रोजीले २०७३ सालमा ‘सुदूरपश्चिम मेरा ढकमक्क फुली’को देउडा गीतबाट कला क्षेत्रमा डेब्यु गरेकी थिइन् ।

उनले सुदूर र कर्णाली प्रदेशका विभिन्न जिल्लामा पुगेर एक सयभन्दा बढी देउडा तथा अन्य गीतमा अभिनय गरिसकेको बताइन् ।

‘अछामबाट अध्ययनका लागि काठमाडौँ पुग्दासम्म नृत्यलाई पछ्याइरहेँ’, देउडा गीत छायाँङ्कनका क्रममा महेन्द्रनगरमा भेटिएकी रोजीले भनिन्, ‘सानैदेखिको चाहना नै कलाकारितामा जम्ने थियो सोहीअनुसार अगाडि बढ्दै छु ।’

सुदूर र कर्णालीका जिल्लामा गाइने प्रचलित गीत देउडालगायत यहाँका लोकसंस्कृति झल्किने मौलिक गीतहरूको म्युजिक भिडियो बन्ने क्रम विगतभन्दा अधिक छ ।

पुराना पुस्ताका देउडा गायकदेखि अहिले युवा पुस्ताका कलाकार गीत–सङ्गीतका माध्यमबाट सुदूरपश्चिमको देउडा संस्कृति प्रवर्द्धन गर्न सक्रिय रहेको उनको भनाइ छ ।

‘यहाँको लोक, देउडा संस्कृतिबारे कलाकारिताका माध्यमबाट युवा पुस्तासित नजिक गराउने काममा यहाँका सबै कलाकारको अहम् भूमिका छ’, उनले भनिन्, ‘देउडा सबैतिर खेलिने र चर्चित क्रम बढ्दै छ ।’

अर्थशास्त्र विषयमा स्नातकोत्तर अध्ययनरत रोजी अध्ययनमा पनि अब्बल विद्यार्थी हुन् । ‘स्कुलमा कुनै कार्यक्रम भयो कि रोजीको खोजी भइहाल्थ्यो’, उनले भनिन्, ‘कलाकारितामा अछामबाट त्यो बेला अगाडि आउनु सामाजिकरूपले पनि ठूलो चुनौती थियो ।’

आफ्नो नृत्य र अभिनयप्रतिको रुचि र बुवा–आमाको प्रेरणाले नै यो क्षेत्रमा आएको उनको भनाइ छ । विगत चार वर्षयता ‘स्टेज’ कार्यक्रममा समेत सहभागी हुन थालेपछि अहिले उनको माग मुलुकभित्रका साथै भारतका विभिन्न सहरमा समेत बढ्दै गएको छ ।

काठमाडौँको प्रसिद्धि कला समूहमा नृत्य प्रशिक्षण लिएकी रोजी अहिले सोही कला केन्द्रमा बालबालिकालाई नृत्यसमेत सिकाउने गरेको बताउँछिन् ।

सुदूरपश्चिमको देउडालाई पाका पुस्ताले यहाँसम्म पुर्याएको उनको भनाइ छ । देउडामा नयाँ पुस्ता पनि त्यत्तिकै लोकप्रिय बन्दै गएको जनाउँदै उनले कला, संस्कृतिको संरक्षणमा राज्यबाट पनि अभिभाकत्व चाहिनेमा जोड दिइन् । 

उनले  ‘प्यारो अछाम’, ‘तुँ गोरु लेल्लीकी’, ‘कहिले तु छाउँ हुदी’, ‘छाडी गै रानीले’ र ‘पोक पाँया मोरको’ लगायतका सुदूरपश्चिमका चर्चित देउडा गीतमा अभिनय गरेकी छिन् । 

प्रकाशित मिति : ११ मंसिर २०८०, सोमबार  ८ : ५० बजे

महाधिवेशनको प्रक्रिया केन्द्रीय समिति बैठकपछि अघि बढ्छ : सभापति थापा

भक्तपुर – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले केन्द्रीय कार्यसमितिको बैठकपछि

टाइफुन डल्फिनको जोखिमपछि पूर्वी चीनमा विद्यालय तथा पर्यटकीय गतिविधि बन्द

बेइजिङ- टाइफुन डल्फिन चीनको पूर्वी तटतर्फ अघि बढेपछि अधिकारीहरूले उच्च सतर्कता

दलित समुदायका थर सूचीकरणअघि मन्त्रालयले माग्यो सुझाव 

काठमाडौं – महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा

बैतडीका १७८ जनाले घरमै पाए राहदानी

बैतडी– सरकारले शासकीय सुधार कार्यक्रमअन्तर्गत सुरु गरेको हुलाकमार्फत घरमै राहदानी

वाग्मती सफाइ अभियान : आज चार मेट्रिकटन नकुहिने फोहर संकलन

काठमाडौं–  ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ