राजावादीको मोर्चा बनाउन कमल थापाको आह्वान « Khabarhub

राजावादीको मोर्चा बनाउन कमल थापाको आह्वान


११ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


408
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजावादी दल र समूह सम्मिलित मोर्चा गठनको प्रस्ताव गरेका छन् ।

सोमबार बिहान काठमाडौंमा आयोजित केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा थापाले सबै राजावादी दल र समूहलाई  एक ठाउँमा ल्याउनका लागि मोर्चा बनाउनुपर्ने प्रस्ताव गरेका हुन् ।

‘राजसंस्था चाहने दलहरूबीच तत्काल पार्टी एकता सम्भव नदेखिएकाले संयुक्त मोर्चा बनाएर सहकार्य गरौँ भन्ने अध्यक्षज्यूको प्रस्ताव छ,’ कमल थापाको भनाइ उदृत गर्दै स्रोतले खबरहब सँग भन्यो ।

स्रोतका अनुसार थापाले आजै विज्ञप्तिमार्फत मोर्चा गठनको औपचारिक आह्वान गर्ने तयारी छ ।

नेपालमा राजतन्त्र फर्काउनु पर्छ भन्ने मान्यता राख्ने दलहरूको नेतृत्व राजेन्द्र लिङदेन, कमल थापा, केशरबहादुर विष्ट लगायतले गरिरहेका छन् भने दुर्गा प्रसाई‌ समूह बनाएर आन्दोलनमा लागेका छन् ।

राजावादीहरूले एक अर्कालाई नस्वीकार्ने र आपसमा मिल्न नसक्ने देखेपछि पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई मोर्चाको नेतृत्वका लागि आग्रह गर्ने तयारी भइरहेको स्रोतले बतायो ।

प्रकाशित मिति : ११ मंसिर २०८०, सोमबार  ९ : २९ बजे

धान फल्ने खेतमा फूलखेती

झापा– धानका बाला झुल्ने खेतमा अहिले सयपत्रीका फूल ढकमक्क फुलेको

महाकाली सिँचाइ आयोजना : संरचना बने पनि नहरमा पानी आएन

कञ्चनपुर– महाकाली सिँचाइ आयोजना तेस्रो चरणबाट पाँच हजार हेक्टर क्षेत्रफलमा

मुस्ताङ भन्सारबाट ११ अर्ब ४५ करोड राजस्व संकलन

मुस्ताङ– नेपाल–चीन उत्तरी कोरलानाकास्थित मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्षको

रोहिणी गाउँपालिकाका १६ विद्यालयलाई खेल सामग्री प्रदान

रूपन्देही– रुपन्देहीको रोहिणी गाउँपालिकाले पालिकाभित्रका सबै १६ वटा सामुदायिक विद्यालयलाई

लागूऔषधसहित देशका विभिन्न भागबाट १३ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित