एक पुरुषको शव फेला « Khabarhub

एक पुरुषको शव फेला


११ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


327
Shares
  • change font
  • change font
  • change font

मकवानपुर–  मकवानपुरमा जङ्गली जनावरको आक्रमणमा परेर मृत्यु भएका एक व्यक्तिको शव फेला परेको छ ।

मनहरि गाउँपालिका–६ राप्ती र लोथर खोलाको मध्यवर्ती दोभान क्षेत्रमा एक पुरुषको शव फेला परेको मकवानपुर प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उक्त स्थानमा गत मङ्सिर ८ गते शुक्रबार बिहान चितवन राष्ट्रिय निकुञ्जबाट आएको बाघको आक्रमणबाट चितवनको राप्ती नगरपालिका बस्ने ४३ वर्षीय हरि पौडेलको मृत्यु भएको थियो ।

उक्त बाघ नियन्त्रणमा लिन निकुञ्जको टोली चार वटा हात्तीसहित मध्यवर्ती क्षेत्रमा प्रवेश गरेको थियो । सो क्रममा पहिचान नखुलेको एक पुरुषको शव कम्मरभन्दा तलको भाग मात्रै रहेको र कम्मरभन्दा माथिको भाग हड्डी मात्रै रहेको अवस्थामा फेला परेको बताइएको छ ।

पहिचान नखुलेका पुरुषको शव हाल हेटौँडा अस्पतालमा ल्याइएको र घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाइएको छ ।

प्रकाशित मिति : ११ मंसिर २०८०, सोमबार  ११ : ५६ बजे

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका

दीपक-दीपाले आज छान्ने छन् करदाता उपहारका भाग्यशाली विजेता, १७ जनाले नगद पुरस्कार पाउने

काठमाडाैँ – आन्तरिक राजस्व विभागले सञ्चालन गरिरहेको ‘करदाता प्रोत्साहन उपहार

सुनकोशीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा