कुमारी बैंकद्वारा सुरक्षा बचत खाता अन्तर्गत ८ करोड बीमा रकम भुक्तानी « Khabarhub

कुमारी बैंकद्वारा सुरक्षा बचत खाता अन्तर्गत ८ करोड बीमा रकम भुक्तानी


११ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कुमारी बैंक लिमिटेडले परिवार सुरक्षा बचत खाता योजना अन्तर्गत हाल सम्म बैंकका चार हजार पाँच सय ग्राहकलाई ८ करोड रुपैयाँ बराबरको बीमा रकम भुक्तानी प्रदान गरेको छ ।

कुमारी बैंकले विगत ४ वर्ष देखि परिवार सुरक्षा बचत खातामा सामान्य जाँच  ओपीडी, अस्पताल भर्ना भई उपचार गरेका तथा गम्भीर रोगहरूको उपचार एवं दुर्घटना मृत्यु बीमा बापत बैंकले बीमा कम्पनीहरू मार्फत सो रकम आफ्ना ग्राहकहरूलाई प्रदान गर्दै आएको छ ।

बैंकको तथ्यांक अनुसार यस योजना अन्तरगत सहरी तथा ग्रामीण क्षेत्रबाट समेत ग्राहकहरू लाभान्वित भएका छन् । बाग्मती प्रदेशमा सर्वाधिक ३६% दाबी रकम भुक्तान गरिएको छ भने मधेस प्रदेश र गण्डकी प्रदेशमा क्रमशः ११% र १०% तथा बाँकी रकम अन्य प्रदेशमा  भुक्तान भएको छ । कुल बीमा भुक्तानी मध्ये बैंकले अस्पताल भर्ना बीमा बापत सर्वाधिक, ५४% रकम भुक्तानी गरेको छ ।

कुमारी परिवार सुरक्षा बचत खातामा खातावाला सहित परिवारका चार जना सदस्यले २६ लाख रुपैयाँसम्मको बीमा सुविधा प्राप्त गर्ने भएकोले यो बचत खाता ग्राहकहरूमाझ अत्यधिक लोकप्रिय रहेको छ ।

विगत २२ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिँदै आएको कुमारी बैंकले देशभर रहेका ३०९ शाखा सञ्जाल, ३१५ एटिएम, ४९ एक्सटेन्सन काउन्टर तथा ६४ शाखारहित बैंकिङ्ग ईकाईहरु मार्फत सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित मिति : ११ मंसिर २०८०, सोमबार  १२ : १९ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया