गाजामा युद्धविरामलाई थप लम्ब्याउन मध्यस्थता प्रयास तीव्र « Khabarhub

गाजामा युद्धविरामलाई थप लम्ब्याउन मध्यस्थता प्रयास तीव्र


११ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

जेरुसलेम- विद्यमान इजरायल–हमास मानवीय युद्धविरामलाई थप लम्ब्याउन मध्यस्थता प्रयासलाई तीव्र पारिएको छ । युद्धविरामलाई थप लम्ब्याउने प्रयास भइरहेको प्यालेस्टाइनी स्रोतले जनाएको हो । “विद्यमान चार दिने युद्धविराम लम्ब्याउने र दुवै पक्षबीच ठूलो मात्रामा बन्दी आदानप्रदान गर्ने उद्देश्यसहित कतार र इजिप्टले इजरायल र हमासलाई एउटा मस्यौदा सम्झौताबारे जानकारी गराएका छन्”, नाम उल्लेख नगर्ने शर्तमा प्यालेस्टाइनी स्रोतले सिन्ह्वालाई भनेको छ ।

छलफलमा गाजामा ४० देखि ५० बन्दीको रिहाइ तथा मानवीय सङ्कट कम गर्नका लागि प्रभावित क्षेत्रमा मानवीय सहयोगको वृद्धिबारे कुराकानी भएको स्रोतले बताएको छ । हमासले कतार–इजिप्ट प्रस्तावप्रति प्रारम्भिक इच्छा देखाएको छ । आइतबार राति हमासका एक प्रतिनिधिले विज्ञप्ति जारी गर्दै भनेका छन्, “हमास युद्धविरामलाई चार दिनभन्दा अगाडि बढाउन खोजिरहेको छ, यसमा सुरुमा इजरायलसँग सहमति भएको थियो ।”

यसैबीच इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासले थप बन्धकहरूलाई मुक्त गर्ने हो भने इजरायल हमाससँगको युद्धविरामलाई केही दिनका लागि बढाउन सहमत हुनसक्ने बताएका छन् । एक इजरायली भिडियो बयानअनुसार अमेरिकी राष्ट्रपति जो बाइडेनसँगको टेलिफोन वार्तामा नेतान्याहुले कतारको मध्यस्थतामा भएको युद्धविराम सम्झौतामा उल्लेख भएअनुसार रिहा गरिएका प्रत्येक थप १० बन्धकका लागि एक अतिरिक्त दिनका आधारमा युद्धविरामको ‘स्वागत गर्ने’ बताए ।

गाजापट्टीमा अस्थायी युद्धविराम आइतबार तेस्रो दिनमा प्रवेश गरेको छ । युद्धविराम सम्झौतामा इजरायली कारागारहरूबाट एक सय ५० महिला तथा बालबालिका रिहा गरेको बदलामा गाजाबाट ५० इजराइली महिला तथा किशोर बन्धकलाई मुक्त गर्ने पनि उल्लेख छ । सम्झौतापछिको चरणहरूमा रिहाइको सङ्ख्या बढाउने व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : ११ मंसिर २०८०, सोमबार  ३ : ११ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार