कोरोनाबाट मृत्यु भएकी चालिसेका छोराको पढाइको जिम्मा स्वास्थ्यमन्त्री बस्नेतले लिने | Khabarhub Khabarhub

कोरोनाबाट मृत्यु भएकी चालिसेका छोराको पढाइको जिम्मा स्वास्थ्यमन्त्री बस्नेतले लिने


११ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


948
Shares
  • change font
  • change font
  • change font

चौतारा- कोरोना सङ्क्रमणबाट मृत्यु भएकी सावित्री तिमल्सिनाका छोराको पढाइको जिम्मा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले लिएका छन् । चालिसे कोरोना महामारीबाट मृत्यु हुने पहिलो नेपाली हुन् ।

सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका ९ राम्चेकी चालिसेको सुत्केरी भए लगत्तै कोरोना सङ्क्रमणका कारण मृत्यु भएको थियो । विसं २०७७ जेठमा चालिसेको मृत्यु हुँदा छोरा सफल नौ दिनका थिए ।

सफलको पढाइको जिम्मा लिएसँगै मन्त्री बस्नेतले उनलाई आज टोखा नगरपालिका ९ गोँगबुस्थित कान्तिपुर इङ्लिस एकेडेमीमा भर्ना गरिदिएका हुन् । उनले चालिसेको छोरा सफलको पठनपाठनको खर्चस्वरुप आज रु ६० हजार नगद विद्यालयका प्राचार्य माधवप्रसाद अधिकारीलाई हस्तान्तरण गरे ।

मन्त्री बस्नेतले सफलको कक्षा १२ सम्मको पढाइ खर्च आफूले ब्यहोर्ने बताए । मृतकका पति विमल चालिसेले मन्त्री बस्नेतको सहयोगप्रति आभार व्यक्त गरे । मन्त्री बस्नेतले तत्कालीन समयमै सावित्रीको मृत्यु लगत्तै शिशुको पढाइको जिम्मा लिने घोषणा गरेका थिए ।

प्रकाशित मिति : ११ मंसिर २०८०, सोमबार  ३ : २७ बजे

गाजामा ६० दिने युद्ध विरामका लागि इजरायल तयार छ : ट्रम्प

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि