संसदीय समितिलाई प्रभावकारी र परिणाममुखी बनाउन सभामुख घिमिरेको निर्देशन « Khabarhub

संसदीय समितिलाई प्रभावकारी र परिणाममुखी बनाउन सभामुख घिमिरेको निर्देशन


११ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सभामुख देवराज घिमिरेले संसदीय समितिका गतिविधि एवं क्रियाकलापलाई प्रभावकारी र परिणाममुखी तुल्याउन निर्देशन दिएका छन् । सङ्घीय संसद् प्रतिनिधिसभा मातहतका १० विषयगत समितिका सभापतिसँगको बैठकमा उनले समिति बैठकमा देखिएको कोरमसम्बन्धी चुनौती र प्राप्त विधेयकको जिम्मेवारीलाई समयमै सम्बोधन गर्न सुझाव दिए ।

सभामुख घिमिरेले भने, “विधेयकको कामलाई प्राथमिकता दिनुस्, निर्देशन किन कार्यान्वयन भएन समीक्षा गर्नुस्, समितिको कार्यक्षेत्रमा देखिएको दोहोरोपन अन्त्य गर्नुस् ।” उनले समितिमा रहेका एक दर्जन विधेयकलाई संसद्को आगामी अधिवेशनमा सुरु हुनासाथ पेस गर्न सकिने गरी तयारी गर्नसमेत निर्देशन दिए । उनले भने, “आफ्नो कार्यक्षेत्र के हुन सक्छ पहिल्याऔँ, देखिएका समस्या समाधान गर्न आपसमा समन्वय होस्, अन्योल र अप्ठ्यारो परेमा सभामुखसँग परामर्श गरौँ, विधेयकको काम सक्ने गरी कार्यतालिका र योजना बनाऔँ ।”

उनले लिइएका नीतिगत निर्णय वा स्थलगत प्रतिवेदनले देखाएका विषयलाई मन्त्रालय र सम्बन्धित ठाँउमा किन भएन भन्नेमा पनि त्यतिकै ध्यान पुर्‍याउन सुझाव दिए । निर्देशनप्रतिको गम्भीरताको अभावलाई पूर्णता दिन मुख्य, प्रमुख र सचेतकमार्फत सम्बन्धित दलको ध्यान जान जरुरी रहेको बताउँदै सभामुख घिमिरेले समितिका निर्देशन र प्रतिवेदन कार्यान्वयनका लागि आफ्नो पूर्णसाथ सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।

यसअघि बैठकमा सभामुख घिमिरेले संसदीय दलका प्रमुख सचेतक र सचेतकमार्फत संसदीय समितिका बैठक यथाशीघ्र आह्वान गर्न र कोरम पु¥याएर अघि बढ्न निर्देशन दिएको राज्यव्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले बताए । सदनलाई बलियो र मर्यादित बनाउन सकिएन भने जनतामा संसद्प्रतिको आस्था र निष्ठा कमजोर भई व्यवस्था र नेतृत्वप्रति नै आघात पुग्नसक्नेतर्फ समयमै ध्यान पुर्‍याउन पर्नेतर्फ सभामुखले सबैको ध्यानाकर्षण गराएको उनले जानकारी दिए ।

समितिका कतिपय निर्देशन सरकारले आवश्यकरुपमा कार्यान्वयन नगरेको वा ती कानुनसम्मत थिए वा थिएनन् भन्ने दृष्टिकोणबाट पनि बैठकमा विस्तृत रुपमा छलफल भएको थियो । संसदीय समितिका निर्देशन सरकारले कार्यान्वयन गर्नैपर्छ भन्नेमा बैठकमा सबै जना सभापतिको एकमत देखिएको थियो ।

प्रकाशित मिति : ११ मंसिर २०८०, सोमबार  ४ : १० बजे

पर्यटन प्रवर्द्धनका लागि निसान पदमार्गमा ‘पदयात्रा’

फिक्कल–  नेपाल एकीकरणताका पूर्वीसीमा विजय भएपछि गाडिएका ऐतिहासिक निसान फर्काइएका

रोकिएनन् गगन-विश्व : औपचारिक रुपमा अघि बढाए विशेष महाधिवेशनको तयारी

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले आगामी

आईसीसी टी-२० विश्वकप क्रिकेटको ट्रफी बौद्धमा (तस्बिरहरू)

काठमाडौं– आईसीसी टी-२० विश्वकप क्रिकेटको ट्रफी बौद्धमा प्रदर्शन गरिएको छ

राष्ट्रियसभाका लागि नेकपाका यी हुन् उम्मेदवार

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीले आगामी माघ ११ गते हुने राष्ट्रियसभा

१३ अंकले घट्यो नेप्से, ५ अर्ब बढीको भयो कारोबार

काठमाडौं– बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १३.३५ अंकले घटेको छ