गौशालामा झडप, प्रहरीद्वारा अश्रुग्यास प्रहार « Khabarhub

गौशालामा झडप, प्रहरीद्वारा अश्रुग्यास प्रहार


११ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- दुर्गा प्रसाईं नेतृत्वको नागरिक बचाऊ अभियानले काठमाडौंको गौशालामा प्रदर्शन गर्ने क्रममा झडप भएको छ ।

अभियानलाई साथ दिँदै धर्मगुरु परिवार नेपालले गौशाला चोकमा आयोजना गरेको सभाका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो ।

प्रदर्शनकारीले सडक अवरुद्ध गरेर सभा आयोजना गरेको थियो । प्रहरीले सडक सूचारु गर्न खोज्दा प्रदर्शनकारीले ढुङ्गामुढा प्रहार गरेपछि प्रहरीले केही राउण्ड अश्रुग्यास प्रहार गरेको थियो ।

सभामा नागरिक बचाऊ अभियानका संयोजक प्रसाईं समेत पुगेका थिए । प्रहरीले केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ । त्यसअघि सभामा श्रीनिवास आचार्यलगायतले आन्दोलन चर्काउनुपर्ने भन्दै उत्तेजक भाषण दिएका थिए । उत्तेजक भाषण दिएपछि प्रहरीले उनलाई पक्राउ गरेको छ ।

यो पनि हेर्नुहोस्-

गौशालाबाट आचार्य श्रीनिवास पक्राउ

प्रकाशित मिति : ११ मंसिर २०८०, सोमबार  ४ : २२ बजे

पोखराले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दैलेख – सुर्खेत–दैलेख सडक खण्डमा आइतबार ट्रकमा मोटरसाइकल ठोक्किएर भएको

एसीसी यू-१९ एसिया कपका लागि नेपाली टोली घोषणा

काठमाडौं- आगामी नोभेम्बर ५ देखि १४ सम्म ओमानमा आयोजना हुने

अन्तर्राष्ट्रिय व्यापार मेला मङ्सिर तेस्रो साता

काठमाडौँ– नेपालको अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले आगामी मङ्सिर १७