नेपाली कामदार तत्काल जर्मनी जान नपाउने   | Khabarhub Khabarhub

नेपाली कामदार तत्काल जर्मनी जान नपाउने  


११ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


453
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कामदार तत्काल जर्मनी जान नपाउने भएका छन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेका अनुसार जर्मनीसँग श्रम सम्झौता गरे पनि कार्यविधि बनाउन समय लाग्ने भएकाले कामदार लैजान अझै केही समय लाग्ने उनले बताए ।

‘यो द्विपक्षीय प्रारम्भीक सम्झौता हो । कुन कुन क्षेत्रमा कति जाने भन्ने कार्यविधि बन्ने प्रक्रिया सुरु भइसकेको छ ।’ उनले भने, ‘हामीले मात्र कार्यविधि बनाएर हुँदैन, जर्मन सरकारले पनि बनाउनुपर्छ । जर्मन सरकारले पनि आफ्नो कार्यविधि बनाएर सक्नुपर्छ ।’ त्यसकारण यति नै लाग्छ भनेर यकिन गरेर भन्न नसकिने उनले बताए ।

अहिले प्रविधिमा आधारित सीप भएका आईटी क्षेत्रका श्रमिकलाई प्राथमिकता दिइने उनले बताए । उनी भन्छन्, ‘उच्च तहको कामदारका लागि पनि जर्मन भाषा अनिवार्य हुनेछ । कुन कुन ट्रेडमा लैजाने भन्ने कुरामा छलफल हुँदैछ । प्रक्रिया निर्धारण नगरी हुँदैन ।’ त्यसकारण तत्कालै भन्ने नहुने उनको भनाइ छ ।

नेपालले गत असोज २३ गते जर्मनीसँग श्रम सम्झौता गरेको थियो । जर्मनीमा मुख्य रूपमा विद्यार्थीका रूपमा गएर काम गर्नेहरू सहित ८ हजार हाराहारीमा नेपालीहरू रहेको श्रम अधिकारीहरूको आँकलन छ ।

त्यस्तै, नेपालले १९ असोजमा रोमानियासँग पनि श्रम सम्झौता गरेको छ । रोमानिया सरकारको विवरण अनुसार हाल त्यहाँ साढे १५ हजार नेपाली श्रमिकहरू रहेका छन् ।

हजारौँको संख्यामा नेपाली श्रमिकहरू युरोपमा काम गरिरहेको भए पनि यसअघि नेपालको युरोपेली देशसँग श्रम सम्झौता भएको थिएन । नेपाली कामदारहरू करिब १११ देशमा संस्थागत रूपमा जाने गरेका छन् । तर, नेपालले हालसम्म मलेसिया, कतार र कोरियासहित नौ वटा देशसँग मात्रै द्विपक्षीय श्रम सम्झौता गरेको छ ।

यी दुवै देश युरोपेली संघ ईयूको सदस्य राष्ट्र हुन् । रोमानियामा श्रमिकहरूका लागि निर्माण क्षेत्रमा अदक्ष कामदारदेखि सुरक्षा गार्ड, सवारी चालक, सेफ, गार्मेन्ट क्षेत्रमा जागिरहरूको अवसर उपलब्ध रहेको युरोपेली आयोगको वेबसाइटमा उल्लेख छ । त्यहाँ कृषि, मत्स्य, औद्योगिक क्षेत्र, भवन निर्माणजस्ता क्षेत्रमा अहिले नै हजारौँ नेपालीहरू कार्यरत छन् ।

प्रकाशित मिति : ११ मंसिर २०८०, सोमबार  ४ : ५९ बजे

भेपमा सुन तस्करी प्रकरण : पक्राउ परे पूर्वसभामुख महरा

काठमाडौं– पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् । नेपाल प्रहरीको

हाम्रो ‘म्याण्डेड’ चुनाव गराउने हो, फागुन २१ गते निर्वाचन हुन्छ : मन्त्री खरेल

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले प्राप्त जिम्मेवारीअनुसार आगामी

नर्सरी व्यवसायी संघले ‘तेस्रो तिहार फ्लोरा एक्स्पो’ आयोजना गर्ने

काठमाडौं– नर्सरी व्यवसायी संघ, नेपालले तिहारलाई मध्य नजर गर्दै असोज

घटस्थापनायता काठमाडौंमा १७५ दुर्घटना, नौ जनाको मृत्यु

काठमाडौं– दसैँको घटस्थापनादेखि आजसम्म काठमाडौं उपत्यकामा १७५ सवारीसाधन दुर्घटनामा परी

विभागबाट मिडिया दर्ता यथाशीघ्र सुरु हुन्छ : मन्त्री खरेल

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सूचना तथा प्रसारण