विनियोजन विधेयकमाथि छलफल सुरु « Khabarhub

विनियोजन विधेयकमाथि छलफल सुरु


११ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

विराटनगर- कोशी प्रदेश प्रदेशसभामा आजदेखि ‘कोशी प्रदेश विनियोजन अध्यादेश, २०८०’ लाई प्रतिस्थापन गर्न बनेको ‘आर्थिक वर्ष २०८०/८१ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०’ माथि छलफल सुरु भएको छ ।

प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले प्रस्तुत गरेको विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मत पारित भएपछि विधेयकमाथिको छलफल सुरु भएको थियो ।

छलफलमा कोशी प्रदेशसभा सदस्य रेवतीरमण भण्डारी, खिनु लङ्वा लिम्बू, नारायणबहादुर मगर, विदुरकुमार लिंथेप, सिर्जना राई, कमला दर्नाल, रमेशकुमार बस्नेत, तिलचन पाठक, छविलाल चूँडाल, पाँचकर्ण राई, गीतादेवी रेग्मी, राधाकृष्ण खनाल र जयप्रकाश चौधरीले धारणा राखेका थिए ।

बैठकमा कोशी प्रदेशसभा नियमावली, २०७४ (पहिलो संशोधनसमेत) को नियम ९४ (१) (ख) बमोजिम ‘प्रदेश निजामती सेवा ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक’ संशोधनसहित दफाबार छलफलका लागि सुशासन तथा योजना समितिमा पठाइएको सभाध्यक्ष हाजी इसराइल मन्सुरीले जानकारी दिए ।

प्रकाशित मिति : ११ मंसिर २०८०, सोमबार  ५ : १९ बजे

तेहरानसहित इरानका विभिन्न शहरमा उग्र प्रदर्शन

तेहरान– इरानको राजधानी तेहरानसहित देशका विभिन्न शहरमा ठूलो सङ्ख्यामा प्रदर्शनकारी

श्रमदान गरेर चौतारी पुनर्निर्माण गरिँदै

पर्वत– पछिल्लो समय सडक विस्तार, बाँदर आतंक, धार्मिक आस्थामा कमीलगायतका

देवघाटमा झोलुङ्गे पुल मर्मत

नारायणगढ– माघे सङ्क्रान्ति मेलालाई मध्यनजर गर्दै पवित्र तीर्थस्थल देवघाटधाममा पुल

अमेरिकाको ‘पीस प्लान’ले रुस–युक्रेनमा हलचल

काठमाडौं– युक्रेन–रुस युद्ध रोक्न अमेरिकाले अघि सारेको प्रस्तावित ‘पीस प्लान’लाई

प्रतिनिधिसभा निर्वाचन : झापामा सात हजार सुरक्षाकर्मी परिचालन गरिने

झापा– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि जिल्लामा