प्रदेश सरकारले महिलालाई उद्यमी बनाउँछ : मुख्यमन्त्री कार्की | Khabarhub Khabarhub

प्रदेश सरकारले महिलालाई उद्यमी बनाउँछ : मुख्यमन्त्री कार्की


११ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सरकारले महिलालाई उद्यमी बनाउने बताएका छन् । मानव अधिकार रक्षक सञ्जाल कोशीद्वारा आज यहाँ आयोजित प्रदेशस्तरीय ‘महिलावादी मञ्च–२०८०’ सम्मेलनको उद्घाटन गर्दै उनले महिलालाई तालिम मात्र होइन उद्यमी बनाउनका लागि आवश्यक बजेट छुट्याएको बताए ।

मुख्यमन्त्री कार्कीले महिलाको आर्थिकस्तर वृद्धि गर्न जुनसुकै कठिन परिस्थितिमा पनि सरकार जनताको पक्षमा काम गर्ने बताए । फरक प्रङ्गमा उनले आफूले जनताको पक्षमा काम गरिरहेकाले तत्काल पदबाट नहटने बताए । सरकार प्रदेशको मानवीय सूचकाङ्क बढाउने कार्यमा लागिपरेको बताउँदै मुख्यमन्त्री कार्कीले प्रदेशका बालबालिका उपचार नपाएर मृत्यु हुने अवस्थाको अन्त्य गरिने बताए ।

सरकारले बाटो, सामुदायिक भवनलगायत क्षेत्रमा बजेट कटौती हसन नदिने प्रष्ट पारे । मुख्यमन्त्री कार्कीले विभेदरहित समाज निर्माण गर्न महिला अगाडि आउनुपर्नेमा जोड दिँदै यस कार्यमा सरकार साथमा रहने प्रतिबद्धतासमेत व्यक्त गरे । नेकपा एमाले प्रदेश अध्यक्ष घनश्याम खतिवडाले महिलामाथि हुने घरेलु हिंसा तथा अन्य कुरीतिविरुद्ध एकजुट भएकर लड्ने प्रतिबद्धता व्यक्त गरे ।

महिला राष्ट्रिय सञ्जालकी संस्थापक अध्यक्ष डा रेणु अधिकारीले लोकतान्त्रिक पद्धतिमा महिलाको आवाज तीनै तहको सरकारले सुन्नुपर्नेमा जोड दिइन् । सञ्जालकी प्रदेश अध्यक्ष मन्जिता उपाध्याय, प्रदेशसभा सदस्य मिना श्रेष्ठ, महिला मानव अधिकार रक्षक मोरङकी अध्यक्ष इन्दु चौधरीलगायतले महिलामाथि हुने असमानता एवं अपमानको विरोधमा महिला आफैँ अगाडि आउनुपर्ने बताएका थिए ।

दुईदिने सम्मेलनमा प्रदेशसभाका महिला सदस्य, प्रदेशअन्तर्गतका जिल्लाका उपप्रमुख, सञ्जालका प्रतिनिधि, मानवअधिकारकर्मी, विभिन्न सङ्घसंस्थाका प्रतिनिधिलगायतको सहभागिता थियो ।

प्रकाशित मिति : ११ मंसिर २०८०, सोमबार  ५ : ३३ बजे

कृषिमा पकेट क्षेत्र तोकिएसँगै तिलोत्तमाका कृषक लाभान्वित

तिलोत्तमा– तिलोत्तमा-१४ का कृषक नरिश्वर सापकोटा पहिले करिब पाँच बिघामा

मनसुनजन्य विपदबाट तनहुँमा ६६ हजार नागरिक प्रभावित हुने अनुमान

दमौली– मनसुनजन्य विपद्बाट यस वर्ष तनहुँमा ६६ हजारभन्दा बढी नागरिक

हिमनदी पग्लिँदै गए हुनसक्छ ठुलो ज्वालामुखी विस्फोट : अध्ययन

काठमाडौं– विश्वभरका हिमनदी पग्लिएपछि ज्वालामुखी विस्फोटको डर बढ्दै गएको छ

त्रिविको वार्षिक साधारणसभा : ६३औँ ग्रेसलिष्ट पारित

काठमाडौं– त्रिभुवन विश्वविद्यालयको वार्षिक साधारणसभा बैठकले विभिन्न संकाय र तहमा

सर्बिया र ग्रीस पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ 

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी सर्बिया र ग्रीस पठाइदिन्छु रकम