आगामी ३० वर्षमा दक्षिण कोरियामा युवाहरुको सङ्ख्या आधाले घट्ने « Khabarhub

आगामी ३० वर्षमा दक्षिण कोरियामा युवाहरुको सङ्ख्या आधाले घट्ने


११ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

सोल- जनसङ्ख्या सङ्कटको सामना गरिरहेको दक्षिण कोरियामा आगामी ३० वर्षमा युवाहरुको सङ्ख्या आधा हुने एक प्रतिवेदनले देखाएको छ । तीव्र रूपमा बढिरहेको बढ्दो उमेरको जनसङ्ख्या र कीर्तिमानी रूपमा कम हुँदै गएको न्यून जन्मदरका कारण आगामी ३० वर्षमा दक्षिण कोरियाली युवाहरूको सङ्ख्या आधा हुने अपेक्षा गरिएको मुलुकको तथ्याङ्क निकायले सोमबार बताएको हो ।

तथ्याङ्क कोरियाका अनुसार सन् २०२० मा १९ देखि ३४ वर्ष उमेर समूहको सङ्ख्या कूल जनसङ्ख्याको २० दशलमव चार प्रतिशत अर्थात एक करोड दुई लाख १३ हजार थियो । यो उमेर समूहको सङ्ख्या सन् १९९० मा एक करोड ३८ लाख ४९ हजारबाट सन् २००० मा एक करोड २८ लाख ८३ हजार र सन् २०१० मा एक करोड नौ लाख ६७ हजार भएपछि सन् २०५० मा यो सङ्ख्या घटेर ५२ लाख १३ हजार हुने अनुमान गरिएको छ ।

सन् २०५० मा कूल जनसङ्ख्यामा युवाहरूको प्रतिशत घटेर ११ प्रतिशत हुने अनुमान गरिएको छ । कूल प्रजनन दर अर्थात एक महिलाद्वारा उनको जीवनकालमा जन्माउने शिशुको औसत सङ्ख्या तीव्ररूपमा बढ्दो जनसङ्ख्याका बीच सन् २०२२ मा शून्य दशमलव ७८ को न्यूनस्तरमा पुगेको छ । कूल युवा जनसङ्ख्यामा अविवाहित युवाहरूको प्रतिशत पाँच वर्षअघिको ७५ प्रतिशतबाट बढेर सन् २०२० मा ८१ दशमलव पाँच प्रतिशत भएको छ ।

यो आँकडा सन् २००० मा ५४ दशमलव पाँच प्रतिशतबाट तीव्ररूपमा बढेर सन् २००५ मा ६३ दशमलव दुई प्रतिशत र सन् २०१० मा ६८ दशमलव नौ प्रतिशत भएको छ । कूल युवा महिलाहरूमा आर्थिक रूपमा सक्रिय युवा महिलाहरूको अनुपात सन् २००० मा ४२ दशमलव तीन प्रतिशतबाट बढेर सन् २०१० मा ५५ दशमलव दुई प्रतिशत र सन् २०२० मा ६१ दशमलव एक प्रतिशत भएको छ । आर्थिक रूपमा सक्रिय युवा पुरुषहरूको प्रतिशत सन् २००० मा ६६ प्रतिशतबाट घटेर सन् २०१० मा ६४ दशमलव सात प्रतिशत र सन् २०२० मा ६३ दशमलव नौ प्रतिशतमा झरेको छ ।

प्रकाशित मिति : ११ मंसिर २०८०, सोमबार  ६ : २८ बजे

काठमाडौंमा होली कन्सर्ट गर्न प्रतिबन्ध, अरु के के गर्न पाइँदैन ?

काठमाडौं – जिल्ला प्रशासन कार्यालय काठमाडौंले निर्वाचन सुरक्षा देखाउँदै फागु

पाकिस्तान र अफगानिस्तानबीच सैन्य तनाव तीव्र

काठमाडौं– पाकिस्तान र अफगानिस्तानबीच सैन्य तनाव तीव्र बनेको छ। ख्वाजा

काठमाडौंकाे ट्राफिक व्यवस्थापनमा पनि खटिए म्यादी प्रहरी (तस्बिरहरू)

काठमाडौं- निर्वाचन नजिकिँदै जाँदा काठमाडौं उपत्यकामा सवारी चाप बढ्दै गएको

विष्णु पौडेल भन्छन् : केही मिडियाका प्रक्षेपण गलत नियतसहित आएका छन्, हामी जित्दैछौँ

रुपन्देही- नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले केही मिडिया र सामाजिक