‘डिप फेक’ भिडियोको शिकार बन्दै बलिउड नायिका, चर्चामा आलिया « Khabarhub

‘डिप फेक’ भिडियोको शिकार बन्दै बलिउड नायिका, चर्चामा आलिया


११ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


681
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बलिउड नायिकाहरु एकपछि अर्को गर्दै ‘डिप फेक’ भिडियोको शिकार भइरहेका छन् । यसबाट नायिका अलिया भट्ट पनि पीडित बनेकी छिन् ।

‘डिप फेक’ प्रविधि प्रयोग गरेर बनाइएको आलियाको अश्लील भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । जसमा एक युवतीले ‘बेड’ मा अश्लील हर्कक गरेको देखिन्छ । त्यस भिडियोमा ‘डिप फेक’ प्रविधिको प्रयोग गरी आलियाको अनुहार राखिएको छ ।

को को प्रभावित बने ‘डिप फेक’ भिडियोबाट ?

‘डिप फेक’ प्रविधिको प्रयोग गरेर सेलिब्रिटीको अश्लील भिडियो सार्वजनिक भइरहेका छन् । ती भिडियो प्रायः सबै भाइरल भएका छन्, जसले गर्दा उनीहरुको चरित्रमै प्रश्न उठेको छ ।

यस्ता भिडियोबाट लिड नायिकाहरु काजोल अग्रवाल, कट्रिना कैफ र रश्मिका मन्दना समेत पीडित बनिसकेका छन् । रश्मिकाको भिडियो भइरल बन्दा बलउिड महानायक अमिताभ बच्चनले समेत चासो देखाएर स्ट्याटस लेखेका थिए– यो ठूलो कानुनी विषय हो ।

रश्मिकाले आफू पीडित बन्दा नै यसबारेमा सचेत हुन अरुलाई आग्रह गरेकी थिइन् । उनले भनेकी थिइन्– यो डरलाग्दो छ । प्रविधिको दुरुपयोग हुँदा हामी सबै जोखिमा छौं ।

बलिउडमा अहिले रश्मिकाले भनेजस्तै भनेको छ । अब यो सूचीमा अलिया पनि थपिएकी छिन् । तर, उनले यसबारे कुनै प्रतिक्रिया दिएकी छैनन् । उनका समर्थकले भने कडा आपत्ति जनाएका छन् ।

के हो ‘डिप फेक’ भिडियो ?

‘डिप फेक’ भिडियो ‘मेसिन लर्निङ’ र ‘फेस स्वापिङ’ सफ्टवेयरको प्रयोग गरेर बनाइने नक्कली भिडियो हो ।

जसको प्रयोग गरेर एक व्यक्तिको अनुहार अर्को भिडियोमा राख्न सकिन्छ । जुन सामान्य मानिसले हेर्दा साच्चिकै जस्तो लाग्छ । यो प्रविधि प्रयोग गरेर बनाइएको भिडियो सामान्य मानिसले छुट्याउनै नसक्ने खालको हुन्छ ।

पछिल्लो समय यो सुविधाको दुरुपयोग बढेको छ । चरित्रहत्या गर्नेजस्ता अपराधिक क्रियाकलापमा यसको प्रयोग भएको पाइन्छ । जसको शिकारमा नायिकहरु बढी परेका छन् । केही नेपालीहरुको डिप फेक भिडियो पनि सामाजिक सञ्जालमा अपलोड भएको पाइन्छ ।

प्रकाशित मिति : ११ मंसिर २०८०, सोमबार  ६ : २३ बजे

जेडी भान्सको राष्ट्रपति उम्मेदवारीबारे अहिले नै भन्नु हतार हुन्छ : ट्रम्प

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति जेडी भान्सको भावी

दसैँका लागि सेलरोटी पकाउने चटारो

पर्वत – बडादसैँ नजिकिएसँगै पर्वतको फलेबास नगरपालिका–२ मा घरघरमा सेलरोटी

सौराहामा विदेशी पर्यटकले नेपालीसँगै मनाए बडादसैँ

चितवन- नेपालको प्रमुख पर्यटकीय गन्तव्य चितवनको सौराहा घुम्न आएका विदेशी

इराकले इरानसँगको शालमचेह सीमा नाका अर्को सूचना नभएसम्म बन्द गर्ने

काठमाडौं– इराकका प्रधानमन्त्री अली अल जैदीले इरानसँग जोडिएको शालमचेह सीमा

उपराष्ट्रपतिले गरे बडादसैँको टीका ग्रहण

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवले आज बिहानको शुभसाइतमा विजयादशमीको टीका, प्रसाद