‘डिप फेक’ भिडियोको शिकार बन्दै बलिउड नायिका, चर्चामा आलिया « Khabarhub

‘डिप फेक’ भिडियोको शिकार बन्दै बलिउड नायिका, चर्चामा आलिया


११ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


681
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बलिउड नायिकाहरु एकपछि अर्को गर्दै ‘डिप फेक’ भिडियोको शिकार भइरहेका छन् । यसबाट नायिका अलिया भट्ट पनि पीडित बनेकी छिन् ।

‘डिप फेक’ प्रविधि प्रयोग गरेर बनाइएको आलियाको अश्लील भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । जसमा एक युवतीले ‘बेड’ मा अश्लील हर्कक गरेको देखिन्छ । त्यस भिडियोमा ‘डिप फेक’ प्रविधिको प्रयोग गरी आलियाको अनुहार राखिएको छ ।

को को प्रभावित बने ‘डिप फेक’ भिडियोबाट ?

‘डिप फेक’ प्रविधिको प्रयोग गरेर सेलिब्रिटीको अश्लील भिडियो सार्वजनिक भइरहेका छन् । ती भिडियो प्रायः सबै भाइरल भएका छन्, जसले गर्दा उनीहरुको चरित्रमै प्रश्न उठेको छ ।

यस्ता भिडियोबाट लिड नायिकाहरु काजोल अग्रवाल, कट्रिना कैफ र रश्मिका मन्दना समेत पीडित बनिसकेका छन् । रश्मिकाको भिडियो भइरल बन्दा बलउिड महानायक अमिताभ बच्चनले समेत चासो देखाएर स्ट्याटस लेखेका थिए– यो ठूलो कानुनी विषय हो ।

रश्मिकाले आफू पीडित बन्दा नै यसबारेमा सचेत हुन अरुलाई आग्रह गरेकी थिइन् । उनले भनेकी थिइन्– यो डरलाग्दो छ । प्रविधिको दुरुपयोग हुँदा हामी सबै जोखिमा छौं ।

बलिउडमा अहिले रश्मिकाले भनेजस्तै भनेको छ । अब यो सूचीमा अलिया पनि थपिएकी छिन् । तर, उनले यसबारे कुनै प्रतिक्रिया दिएकी छैनन् । उनका समर्थकले भने कडा आपत्ति जनाएका छन् ।

के हो ‘डिप फेक’ भिडियो ?

‘डिप फेक’ भिडियो ‘मेसिन लर्निङ’ र ‘फेस स्वापिङ’ सफ्टवेयरको प्रयोग गरेर बनाइने नक्कली भिडियो हो ।

जसको प्रयोग गरेर एक व्यक्तिको अनुहार अर्को भिडियोमा राख्न सकिन्छ । जुन सामान्य मानिसले हेर्दा साच्चिकै जस्तो लाग्छ । यो प्रविधि प्रयोग गरेर बनाइएको भिडियो सामान्य मानिसले छुट्याउनै नसक्ने खालको हुन्छ ।

पछिल्लो समय यो सुविधाको दुरुपयोग बढेको छ । चरित्रहत्या गर्नेजस्ता अपराधिक क्रियाकलापमा यसको प्रयोग भएको पाइन्छ । जसको शिकारमा नायिकहरु बढी परेका छन् । केही नेपालीहरुको डिप फेक भिडियो पनि सामाजिक सञ्जालमा अपलोड भएको पाइन्छ ।

प्रकाशित मिति : ११ मंसिर २०८०, सोमबार  ६ : २३ बजे

बादल संयोजक रहेको चुनावी समीक्षा समितिको सदस्यसचिवमा शंकर

काठमाडौं- उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ संयोजक रहेको नेकपा एमालेको चुनावी

हामी दुई भाइ फेरि मन्त्री (तस्बिरहरू)

काठमाडौं- गत वैशाख ९ गते राजीनामा दिएका सुधन गुरुङ गृहमन्त्री

बालेनले जवाफ नदिएपछि थप रणनीति तय गर्न कांग्रेस दलको कार्यालयमा जुटे विपक्षी

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह संसद्‍मा आएर जवाफ दिन तयार नभएपछि

बीमाले तोकेको भन्दा औषधिको बजार मूल्यमा ठूलो अन्तर

चितवन– ग्यास्टिक हुँदा खाने प्यान्टाप्राजोल औषधि बजारमा प्रतिट्याबलेट आठ रुपैयाँमा पाइन्छ

एमाले कार्यदल बैठक : पार्टी बलियो बनाउन असार १९ सम्म देशभर सुझाव संकलन गरिने

काठमाडौं- नेकपा (एमाले)का उपाध्यक्ष रामबहादुर थापाको नेतृत्वमा गठित निर्वाचन समीक्षा