गाभीले क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप उपलब्ध गराउने « Khabarhub

गाभीले क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप उपलब्ध गराउने


११ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


750
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स ‘गाभी’ ले पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपीभी’ उपलब्ध गराउने भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गत साउनको अन्तिम साता गाभीसँग खोप माग गर्दै प्रस्ताव गरेकामा उक्त प्रस्ताव स्वीकार गर्दै खोप उपलब्ध गराउने भएको हो । स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका निर्देशक डा विवेककुमार लालले गाभीले आफूहरुले पठाएको प्रस्ताव स्वीकृत गर्दै एचपिभी खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएको बताए ।

महाशाखाले १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप अभियान सञ्चालन गर्नका लागि खोप माग गरेको थियो । “हामीले माग गरिएको प्रस्तावलाई गाभीले स्वीकार गरेको कुरा हामीलाई प्राविधिकरुपमा जानकारी आएको छ”, उनले भने, “अब बस्ने गाभीको बोर्ड बैठकले हामीलाई खोप उपलब्ध गराउने छ ।”

गाभीसँग सरकारले पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप अभियान सञ्चालन गर्नका लागि १७ लाख मात्रा ‘एचपीभी’ खोप माग गर्दै प्रस्ताव पेस गरेको थियो । खोप आएपछि अभियानका सञ्चालन गरेर किशोरीलाई खोप लगाइनेछ । यसअघि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गत भदौ अन्तिम साता करिब १० हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपीभी’ लगाएको थियो ।

महाशाखाको बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले एचपिभी खोपले पाठेघरको मुखमा हुने क्यान्सरलाई बचाउने भएकाले देशभरिका किशोरीलाई एचपीभी खोप लगाउनका लागि खोप माग गरिएको जानकारी दिए ।

उनका अनुसार खोप १० देखि १४ वर्षका किशोरीलाई लगाइनेछ । उक्त उमेर समूहका किशोरी १६ लाख ५० हजार रहेका छन् । नेपालका महिलालाई लाग्ने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर सबैभन्दा बढी लाग्ने तथ्याङ्क छ । विश्वमा भने महिलालाई सबैभन्दा बढी स्तन क्यान्सर हुने गरेको तथ्याङ्क छ । सन् २०२२ को तथ्याङ्कमध्ये दुई हजार दुई सय ४४ जना महिलालाई पाठेघरको मुखमा क्यान्सरमा लागेको थियो ।

प्रकाशित मिति : ११ मंसिर २०८०, सोमबार  ६ : ३७ बजे

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बेल्जियमलाई हराउँदै स्पेन सेमिफाइनलमा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबलमा स्पेन सेमिफाइनलमा प्रवेश गरेको छ ।

आज २०८३ साल असार २७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असार २७ गते शनिबार सन् २०२६

आत्मदाह गरेका गणेशको परिवारलाई काठमाडौँ महागनरले रोजगारी र सन्ततिलाई निःशुल्क शिक्षा दिने

काठमाडौँ । काठमाडौँ महानगसपालिकाले आत्मदाहपछि उपचारको क्रममा वीर अस्पतालमा ज्यान

९ कन्सल्टेन्सी सञ्चालक पक्राउ

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ९ जना कन्सल्टेन्सी