इलाम- इलाम बजारमा खानेपानी आपूर्तिमा समस्या आएको छ । सडक निर्माण गर्दा खानेपानी आपूर्तिमा समस्या आएको हो । केचना कञ्चनजङ्गा सडकअन्तर्गत सन्दकपुर गाउँपालिकाको कोइराले क्षेत्रमा सडक विस्तार गर्दा खानेपानीको पाइपलाइन बिग्रिएपछि इलाम नगरपालिमा खानेपानी आपूर्ति बन्द भएको हो ।
नगरपालिकामा गिताङ खोलाबाट खानेपानी आपूर्ति हुँदै आएको थियो । इलाम नगरपालिका प्रमुख केदार थापाले सडक खन्दा समन्वय नभएका कारण खानेपानी आपूर्तिमा समस्या आएको भन्दै सङ्घीय तथा प्रदेश खानेपानी कर्यालय, जिल्ला प्रशासन कार्यालय र सडक डिभिजन कार्यालयसँग छलफल गरेका छन् ।
खानेपानी आपूर्ति बन्द भएपछि प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले सर्वदलीय बैठकमार्फत सडकमा रहेको अवरोध हटाउने र निर्माणलाई निरन्तर दिएर खानेपानी आपूर्तिलाई सहज तुल्याउन लागिपरेका छन् ।
डिभिजन सडक कार्यालय प्रमुख सरला न्यौपानेले उक्त क्षेत्रको निरीक्षण गरी खानेपानी आपूर्तिका लागि पाइपलाइन क्षेत्रको सडक निर्माणलाई पहिलो प्राथमिकता दिने र खानेपानी आपूर्तिमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकी छिन् ।
प्रतिक्रिया