गाँजा बनाउने कारखानामा प्रहरीको छापा, तीन जना पक्राउ « Khabarhub

गाँजा बनाउने कारखानामा प्रहरीको छापा, तीन जना पक्राउ


११ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

बझाङ- बझाङमा गाँजा बनाउने कारखानामा छापा मारेर प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले कारखानाबाट ठूलो परिमाणमा कच्चा पदार्थ पनि बरामद गरेको छ ।

जिल्लाको खप्तड छान्ना गाउँपालिका ७ गोर्खालीबाट गाँजा, गाँजा बनाउन प्रयोग हुने कच्चा पदार्थ र भाँडाकुँडासहित तीन जनालाई पक्राउ गरिएको हो । गोर्खाली गाउँका स्थानीय खडकबहादुर खड्काको घरमा लागूऔषधको कारोबार भइरहेको सूचनाको आधारमा खानतलासी गर्दा तयारी गाँजा १४ किलो २१० ग्राम, गाँजाको दाना र पातसहितको कच्चा पदार्थ ७७ किलो ३०५ ग्राम बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले ६४ वर्षीय घरबेटी खड्कासहित गाँजा बनाउने काममा संलग्न गोरखा अजिरकोट गाउँपालिका–२ खरिबोटका ३८ वर्षीय सन्तोष गुरुङ र पर्सा जिल्ला सुकौली पटौली गाउँपालिका–३ का ५५ वर्षीय राम गुरुङलाई पक्राउ गरेको छ । उनीहरुको साथबाट गाँजा बनाउने काममा प्रयोग हुने प्लाष्टिकका बाटा ५ वटा, डिजिटल तराजु, कैंचीं, ब्लेड, कार्टुनटेप, रबरका पोका, गाँजा छान्न प्रयोग गरिने कपडा र प्याकिङ गर्न प्रयोग हुने प्लाष्टिक समेत बरामद भएको प्रहरीले पत्रकार सम्मेलन मार्फत् जानकारी दिएको छ ।

 

प्रकाशित मिति : ११ मंसिर २०८०, सोमबार  ७ : २५ बजे

नवरात्रको आठौँ दिन : शक्तिपीठमा भक्तजनको घुइँचो

काठमाडौँ– नवरात्रको आठौँ दिन आज काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा अवस्थित

कालीगण्डकी करिडोर प्रसारण लाइन सञ्चालन, पाँच आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा

काठमाडौँ– बाढीपहिरो र कालीगण्डकी कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२०

दसैँ–तिहारमा घरमै बसेर हेर्न पाइने आठ नेपाली फिल्म, ‘सिनेमा घर’ले ल्यायो मुभी मेला

काठमाडौं – दसैँ–तिहारको बिदालाई लक्षित गर्दै ओटीटी प्लेटफर्म ‘सिनेमा घर’ले ‘दसैँ–तिहार

सुनसान बने काठमाडौँका व्यस्त सडक (तस्बिरहरू)

काठमाडौँ – बडादसैँ मनाउन राजधानी छाडेर गाउँघर फर्किनेको सङ्ख्या बढेसँगै काठमाडौं

१५ वर्षपछि दसैँ गीतमा फर्किए सुरेश अधिकारी, ‘रातो टीका जमरा’ सार्वजनिक

काठमाडौँ – वरिष्ठ संगीतकार सुरेश अधिकारी करिब १५ वर्षपछि नयाँ दसैँ