चट्याङ लागेर भारतमा १८ जनाको मृत्यु | Khabarhub Khabarhub

चट्याङ लागेर भारतमा १८ जनाको मृत्यु


११ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- भारतको पश्चिमी राज्य गुजरातमा आइतबार बेमौसमी भीषण आँधीसँगै परेको चट्याङका कारण कम्तीमा १८ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

जाडो याममा गुजरातमा यति ठूलो आँधीबेहरी आउने अपेक्षा गरिएको थिएन । भीषण वर्षाले धेरैलाई तर्साएको छ ।

भारतमा हरेक वर्ष बाढी र चट्याङका कारण दर्जनौं मानिसको मृत्यु हुने गरेको भए तापनि वैज्ञानिकहरूले बढ्दो विश्वव्यापी तापक्रम वृद्धिले अकल्पनीय मौसमी घटनाहरू निम्त्याइरहेको बताएका छन् ।

भारी वर्षाका कारण कम्तीमा २० जनाको मृत्यु भएको र तीमध्ये १८ जना चट्याङका कारण मृत्यु भएको गुजरात राज्यका अधिकारीहरूले आइतबार एक विज्ञप्ति जारी गरी जानकारी दिएका छन् ।

वर्षा र चट्याङका कारण कम्तीमा ४० वटा जनावर पनि मारिएका छन् ।

गृहमन्त्री अमित शाहले सामाजिक सञ्जाल एक्समा एक पोस्ट लेख्दै मृत्युबाट आफू निकै दुःखी भएको बताएका छन् ।

प्रकाशित मिति : ११ मंसिर २०८०, सोमबार  ७ : २५ बजे

क्लब विश्वकप : रियल म्याड्रिडको पोस्टमा चार गोल गर्दै पिएसजी फाइनलमा

काठमाडौं – रियल म्याड्रिडमाथि ४–० को शानदार जितसहित पेरिस सेन्ट

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय

आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

काठमाडौं – आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार