तनहुँ अमेरिका सोसाइटीद्वारा भूकम्पप्रभावित बालबालिकालाई सहयोग | Khabarhub Khabarhub

तनहुँ अमेरिका सोसाइटीद्वारा भूकम्पप्रभावित बालबालिकालाई सहयोग


११ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

तनहुँ – तनहुँ अमेरिका सोसाइटीले जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पपीडित बालबालिकालाई न्यानो कपडा वितरण गर्न आर्थिक सहयोग गरेको छ ।

सोसाइटीले तनहुँ घर भई हाल अमेरिकामा रोजगारीमा रहेका नेपालीबाट सङ्कलित रु तीन लाख ६० हजार (दुई हजार सात सय ३३ डलर) प्रदान गरेको हो । न्यानो कपडा खरिद गरी वितरण गर्नका लागि उक्त रकम पठाइएको सोसाइटीका अध्यक्ष किरण पन्तले जानकारी दिए।

सोसाइटीले सञ्चालन गरेको रकम सङ्कलनका लागि अन्तर्राष्ट्रिय तनहुँ अमेरिका समाजले समन्वय गरेको समाजका अध्यक्ष राजन त्रिपाठीले बताए । उनकाअनुसार अन्य देशमा रहेका नेपालीसँग रकम समन्वय गरी सहयोग गर्न अनुरोध गरिएको छ ।

भूकम्पप्रभावित स्थानमा स्वयंसेवकको रुपमा कार्यरत कान्ति बाल अस्पतालका बाल रोग विशेषज्ञ डा अरुयाराज कुँवरमार्फत बालबालिकालाई न्यानो कपडा वितरण गर्न सरकारी निकायसँग समन्वय गरी वितरण गर्न आग्रह गरिएको सोसाइटीका महासचिव अनिल गोदारले जानकारी दिए।

सोसाइटीका प्रमुख संरक्षक प्रेमराजा महतले तनहुँ र मातृभूमिसँग सधैँ जोडिनका लागि विभिन्न कार्यक्रमको अवधारणा प्रस्तुत गर्दै तनहुँका विदेशमा रहेका नेपालीसँग काम गर्न आतुर रहेको बताए। अर्का संरक्षक कृष्णजीवी पन्थ, कोषाध्यक्ष अनिता रानालगायतले सङ्कलित रकमबाट बालबालिकाका निम्ति न्यानो कपडा खरिद गरी भूकम्प प्रभावित क्षेत्र पु¥याई वास्तविक प्रभावित बालबालिकालाई प्रदान गर्न सुझाव दिए ।

प्रकाशित मिति : ११ मंसिर २०८०, सोमबार  ९ : ४९ बजे

गहुँ भन्दा मकैखेतीमा किसानको आकर्षण

सुनसरी– सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–६ का नगेन्द्रकुमार साह पहिले एक

जर्मनीका लागि नेपाली राजदूत रुपाखेतीबाट ओहोदाको प्रमाणपत्र पेस

काठमाडौं– सङ्घीय गणतन्त्र जर्मनीका लागि नेपाली आवासीय राजदूत डा. शैल

जर्मनीको क्रिसमस मार्केटमा ठुलो आक्रमण

जर्मनी – जर्मनीको माग्देवर्गको क्रिसमस पार्टीको भिडमा एक कार प्रवेश

रक्तसञ्चार केन्द्र सञ्चालनका लागि २९ लाख रुपैयाँ सङ्कलन

तनहुँ– नेपाल रेडक्रस सोसाइटी तनहुँ शाखाले सञ्चालन गरेको रक्तसञ्चार केन्द्रको

बागलुङमा करिब १५ हजार ‘एक घर, एक धारा’

बागलुङ– गण्डकी प्रदेश सरकारले ‘एक घर, एक धारा’को नीति लिएको