भूकम्पपीडितको आवास निर्माणमा लाग्न उपप्रधानमन्त्री खड्काको निर्देशन « Khabarhub

भूकम्पपीडितको आवास निर्माणमा लाग्न उपप्रधानमन्त्री खड्काको निर्देशन


११ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले भूकम्पप्रभावितका लागि तत्काल अस्थायी आवास निर्माणमा लाग्न सरोकारवाला निकायलाई निर्देशन दिएका छन्।

अस्थायी आवास निर्माणका लागि सरकारले दिने पहिलो किस्ताबापतको रकम प्रभावित नागरिकको हातसम्म पुगिसकेको बताउँदै उपप्रधानमन्त्री खड्काले भूकम्पका कारण भत्किएका संरचना पन्छाउने र तत्कालै अस्थायी आवास निर्माण अहिलेको आवश्यकता रहेकाले सोहीअनुसार काममा खटिन निर्देशन दिए ।

आज सुर्खेतमा कर्णाली प्रदेश सरकारका मन्त्री र सुरक्षा अङ्गका प्रदेश प्रमुखसँगको छलफलमा उपप्रधानमन्त्री खड्काले भूकम्पपछिको पुनर्निर्माणमा स्रोतको कमी नरहेको बताए । उनले भूकम्पले पु¥याएको क्षतिको तथ्याङ्क आउने बित्तिकै पुनर्निर्माणको काम सुरु गरिने उल्लेख गरेको उनको सचिवालयले जनाएको छ ।

उपप्रधानमन्त्री खड्काले भूकम्पमा क्षति भएका विद्यालय, स्वास्थ्य संस्था र अन्य सार्वजनिक संरचनाको अस्थायी र स्थायी संरचना सङ्घ सरकारले निर्माण गर्ने गरेर तयारी भइरहेको जानकारी दिए। “विद्यालयको अस्थायी संरचना निर्माणका लागि आवश्यक बजेट बुधबारको मन्त्रिपरिषद् बैठकले आवश्यक निर्णय गर्नेछ”,उनले भने, “अन्य सार्वजनिक संरचनाको काम पनि सँगसँगै अघि बढाउँछौँ ।”

कार्यक्रममा प्रदेश सरकारका मन्त्री, सचिव, सुरक्षा अङ्गका प्रमुखलगायतको सहभागिता थियो ।

प्रकाशित मिति : ११ मंसिर २०८०, सोमबार  ९ : ५६ बजे

कुनै गडगडाहट छैन बूढीगण्डकीको (तस्बिरहरु) 

धादिङ– बूढीगण्डकी नदीमा आएको बाढी शान्त देखिए पनि तटीय क्षेत्रमा

बूढीगण्डकी बाढी : पुल, जलविद्युत् आयोजना र दर्जनौँ घरमा ठूलो क्षति

गोरखा– आइतबार बूढीगण्डकी नदीमा आएको बाढीका कारण नदी तटीय क्षेत्रमा

बेनी–जोमसोम सडक खुल्यो

मुस्ताङ– बेनी-जोमसोम सडक सञ्चालन भएसँगै यहाँबाट १७३ वटा कन्टेनर गन्तव्यतर्फ

 ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

अर्घाखाँची– छत्रदेव गाउँपालिका–३ मथुरा चापटारीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको

टेलिकमको दसैँ अफर, के-के छन् सुविधा ?

काठमाडौं– नेपाल टेलिकमले नेपालीहरूको महान् चाड दसैँ, तिहार तथा छठ