एमाले नेता ज्ञवाली र सीपीसी विदेश विभाग उपमन्त्रीबीच भेटवार्ता | Khabarhub Khabarhub

एमाले नेता ज्ञवाली र सीपीसी विदेश विभाग उपमन्त्रीबीच भेटवार्ता


११ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवाली र चिनियाँ कम्युनिष्ट पार्टीकी विदेश विभागकी उपमन्त्री सुन हाइयानबीच आज बेइजिङमा भेटवार्ता भएको छ ।

चाइनिज एकेडेमी अफ सोसल साइन्सेजले आयोजना गर्न लागेको १३औँ विश्व समाजवाद मञ्चमा भाग लिन वेइजिङ गएका नेता ज्ञवाली र विदेश विभागकी उपमन्त्री सुन हाइयानबीच भेटवार्ता भएको एमाले केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए।

उनका अनुसार भेटका अवसरमा दुई पार्टीबीच रहँदै आएको मैत्रीपूर्ण, हार्दिक र लामो सम्बन्धका विविध पाटोका बारेमा कुराकानी भएको थियो । नेता ज्ञवालीले त्यही बेलामा नेपाल–चीनबीचको सम्बन्ध रणनीतिक साझेदारीमा स्तरोन्नति भएको उल्लेख गर्दै विगतका सबै सहमति÷सम्झौता कार्यान्वयन गर्न आफ्नो पार्टी प्रतिबद्ध रहेको बताए ।

साथै, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला दुई देशबीच अत्यन्त महत्वपूर्ण सम्झौता भएको स्मरण गर्दै तिनको सफल कार्यान्वयन हुने विश्वास उपमन्त्री सुनले व्यक्त गरे। भेटमा एमाले केन्द्रीय कमिटी सदस्य रिजालका साथै चिनियाँ कम्युनिष्ट पार्टीका अधिकारीको सहभागिता थियो ।

प्रकाशित मिति : ११ मंसिर २०८०, सोमबार  १० : २८ बजे

वर्षायामको आगमनसँगै सौराहामा घटे पर्यटक

चितवन– पर्यटकीय नगर सौराहामा विगत २५ वर्षदेखि व्यवसाय गर्दै आएका

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं – सङ्घीय संसद् राष्ट्रियसभाको बैठक १ः१५ बजे सङ्घीय संसद्

खर्च विधेयक पास भएपछि ट्रम्पले भने-‘अब अमेरिका रकेटकै गतिमा चल्छ’

वाशिङ्टन – लामो छलफल र बहसपछि अमेरिकी संसद्ले राष्ट्रपति डोनाल्ड