प्रधानमन्त्री कप टी–२० : आज चार खेल हुँदै « Khabarhub

प्रधानमन्त्री कप टी–२० : आज चार खेल हुँदै


११ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज चार खेल हुँदैछन् । आज एपीएफ र कर्णाली, गण्डकी र कोशी, बागमती र लुम्बिनी तथा मधेश र सुदूरपश्चिम प्रदेश खेल्दैछन् ।

आज बिहान दुईवटा र दिउँसो दुई खेल हुँदैछन् । बिहान साढे ९ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा एपीएफ र कर्णाली प्रदेश खेल्ने छन् । जारी प्रतियोगितामा ४ खेल खेलेको एपीएफ अपराजित रहँदै ६ अंक जोडेर शीर्षस्थानमा रहँदा कर्णाली प्रदेश अंकबिहीन छ ।

यस्तै, सोही समयमा मूलपानी मैदानमा गण्डकी र कोशी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । समान ४ खेल खेलेको कोशी प्रदेश ६ अंकसहित दोस्रो स्थानमा रहँदा ३ अंक जोडेको गण्डकी छैटौँ स्थानमा छ ।

यसैगरी, दिउँसो सवा १ बजे कीर्तिपुरमा बागमती र लुम्बिनी तथा मुलपानीमा मधेश र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा ४–४ अंक जोडेका बागमती र लुम्बिनी क्रमशः चौथो र पाँचौ स्थानमा छन् । यस्तै, मधेशले २ अंक जोड्दा तेस्रो स्थानमा रहेको सुदूरपश्चिमको ६ अंक छ ।

प्रकाशित मिति : ११ पुस २०८०, बुधबार  ६ : २१ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस