प्रधानमन्त्री कप टी–२० : आज चार खेल हुँदै « Khabarhub

प्रधानमन्त्री कप टी–२० : आज चार खेल हुँदै


११ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज चार खेल हुँदैछन् । आज एपीएफ र कर्णाली, गण्डकी र कोशी, बागमती र लुम्बिनी तथा मधेश र सुदूरपश्चिम प्रदेश खेल्दैछन् ।

आज बिहान दुईवटा र दिउँसो दुई खेल हुँदैछन् । बिहान साढे ९ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा एपीएफ र कर्णाली प्रदेश खेल्ने छन् । जारी प्रतियोगितामा ४ खेल खेलेको एपीएफ अपराजित रहँदै ६ अंक जोडेर शीर्षस्थानमा रहँदा कर्णाली प्रदेश अंकबिहीन छ ।

यस्तै, सोही समयमा मूलपानी मैदानमा गण्डकी र कोशी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । समान ४ खेल खेलेको कोशी प्रदेश ६ अंकसहित दोस्रो स्थानमा रहँदा ३ अंक जोडेको गण्डकी छैटौँ स्थानमा छ ।

यसैगरी, दिउँसो सवा १ बजे कीर्तिपुरमा बागमती र लुम्बिनी तथा मुलपानीमा मधेश र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा ४–४ अंक जोडेका बागमती र लुम्बिनी क्रमशः चौथो र पाँचौ स्थानमा छन् । यस्तै, मधेशले २ अंक जोड्दा तेस्रो स्थानमा रहेको सुदूरपश्चिमको ६ अंक छ ।

प्रकाशित मिति : ११ पुस २०८०, बुधबार  ६ : २१ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार