कमजोर बन्दै रुस-युक्रेन तनाव : यसरी रोकिन सक्छ युद्ध | Khabarhub Khabarhub

कमजोर बन्दै रुस-युक्रेन तनाव : यसरी रोकिन सक्छ युद्ध

युद्ध विरामको बाटोमा इजरायल-हमास


११ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

रुसले युक्रेनमा आक्रमण सुरु गरेको डेढ वर्ष भइसकेको छ। डेढ वर्षसम्म पनि युद्धले रुसले चाहेको जस्तो रूप लिएन। रुसले एकदमै छोटो समयमा युद्ध सकिने अपेक्षा गरेको थियो। छोटो समयमा नै युक्रेनको सेना समेत आफ्नो नियन्त्रणमा राख्ने रुसको अपेक्षा थियो।

रुसको अनुमान यो पनि थियो कि अमेरिका पनि लफडामा अल्झन चाहँदैन र छोटो समयपछि नै हतियारको सहयोग गर्न छाड्ने छ।

आफ्नो भूमि जोगाइ राखेको युक्रेनको नैतिक बल बढेको छ। विस्तारै रुसी सेनालाई आफ्नो सीमा भन्दा बाहिर लखेट्ने युक्रेनको योजना थियो। रुसले पनि प्रत्याक्रमण सुरु गरेपछि युक्रेनको योजना पनि कम प्रभावकारी बनेको छ। नाटो र अमेरिकी सहयोगमा कारण युक्रेनको सीमा बाहिर र सीमा भित्र हाताहातीको अवस्था बढेको छ।

आफ्नो भूमि जोगाइ राखेको युक्रेनको नैतिक बल बढेको छ। विस्तारै रुसी सेनालाई आफ्नो सीमा भन्दा बाहिर लखेट्ने युक्रेनको योजना थियो। रुसले पनि प्रत्याक्रमण सुरु गरेपछि युक्रेनको योजना पनि कम प्रभावकारी बनेको छ।

अमेरिका-रुस युद्ध र अमेरिका-युक्रेनको युद्धमा पक्कै पनि केही फरक छ। अहिलेसम्म अमेरिकाले केही हदसम्म युक्रेनलाई सहयोग गरेको हो। अमेरिका पूर्ण रूपमा युद्धमा उत्रने हो कि भन्ने भयले पनि रुसलाई सताएको छ। सीमा भन्दा चार सय ८० किलोमिटर पर रहेको मस्कोको रक्षा गर्नु रुसका लागि सबै भन्दा बढी प्राथमिकताको विषय हो।

अमेरिकालाई पनि रुसले कतै सीमामा रहेका नाटो सदस्यमाथि आक्रमण गर्ने र खराब अवस्था आउने हो कि भन्ने डर छ। अहिले अमेरिकी ध्यान दुवै कुरामा देखिन्छ। युक्रेनलाई जोगाउने र थप ठुलो युद्ध पनि हुन नदिनेमा अमेरिकाको ध्यान खिचिएको छ।

रुसको भूमिका अमेरिकाको विरुद्धमा भयो भने अमेरिकाले युक्रेनको सीमालाई उपयोग गर्दै अझ विशाल युद्ध छेड्न सक्छ। यस कारण रुस त्यो पनि चाहँदैन।

यी दुवै महाशक्ति अहिले सन्तुलनको अवस्थामा छन्। यस कारण रुस अहिले आक्रमण भन्दा बढी रक्षात्मक बनेको छ। यदाकदा आक्रमण गर्न खोजे पनि उनीहरूको शक्तिमा केही अपुग झैँ देखिएको छ। रुस त रक्षात्मक भइसकेको छ।

अमेरिका-रुस युद्ध र अमेरिका-युक्रेनको युद्धमा पक्कै पनि केही फरक छ। अहिलेसम्म अमेरिकाले केही हदसम्म युक्रेनलाई सहयोग गरेको हो। अमेरिका पूर्ण रूपमा युद्धमा उत्रने हो कि भन्ने भयले पनि रुसलाई सताएको छ।

युक्रेनले पनि उनीहरूमाथि भीषण आक्रमण गर्ने भन्दा पनि बढी उनीहरूलाई पछाडि धकेल्ने मात्र नीति लिएको छ। अहिले दुवै शक्ति आक्रमणको कुरा गर्छन्। तर, ध्यान भने रक्षात्मक कुरामा बढी केन्द्रित गरी रहेका छन्।

अहिले दुवै राष्ट्र इगोको कारण र आफू झुक्न नचाहेको कारण मात्र शान्ति वार्ता हुन सकेको छैन। युक्रेनलाई यो पनि थाहा छ कि अमेरिकाको ठुलो सहयोग बिना रुसलाई केही गर्न सकिँदैन। अमेरिका भने रुसलाई नाटो भन्दा टाढा राखेर उसलाई कमजोर बनाएर राख्न चाहन्छ।

अहिले युक्रेनको सम्प्रभुता जोगिएकोमा सन्तुष्ट छ। रुस अमेरिकी उपस्थिति नभएकोमा त्यत्तिकै खुसी छ। अमेरिका भने रुस यसै युद्धमा अल्झिएको कारण खुसी।

एकातर्फ सबै पक्ष जितको आभास गरे पनि सर्वसधारण मानिस मारमा परेका छन्। इगोको कारण नरोकिएको यो युद्धमा अन्ततः सबै हारेको विश्लेषण पनि गर्न थालिएको छ।

अहिले दुवै राष्ट्र इगोको कारण र आफू झुक्न नचाहेको कारण मात्र शान्ति वार्ता हुन सकेको छैन। युक्रेनलाई यो पनि थाहा छ कि अमेरिकाको ठुलो सहयोग बिना रुसलाई केही गर्न सकिँदैन। अमेरिका भने रुसलाई नाटो भन्दा टाढा राखेर उसलाई कमजोर बनाएर राख्न चाहन्छ।

इजरायल र हमास युद्ध रोक्ने प्रयास
रुस युक्रेन युद्ध गतिहीन रूपमा जारी रहँदा इजिप्टले युद्ध विरामका लागि प्रयासमा इजरायल र हमास दुवै पक्षले ग्रिन सिग्नल दिएका छन्। कायरोमा इजिप्टका अधिकारीसँग दुवै पक्षको भेट भइसकेको छ।

इजिप्टको केही रोडम्याप छ। सबै बन्दी रिहा गर्ने र त्यसपछि गाँजा क्षेत्र र वेस्टबैंकमा विज्ञको सरकार गठन गर्ने इजिप्टको योजना रहेको त्यहाँका उच्च अधिकारीको कथन छ। यो प्रस्तावमा हमास र इजरायल त सहमत हुनु आवश्यक छ नै साथै अमेरिका, युरोपेली सरकार र कतारको साथको पनि त्यत्तिकै आवश्यकता छ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले यसका बारे औपचारिक धारणा राखेका छैनन्। परन्तु आफ्नो दल लिक्युडको बैठकमा ७ अक्टोबरको दिन एक हजार दुई सय जानको गएको ज्यान र दुई सय ४० जनालाई बन्दी बनाएको घटनाको बदला लिन भए पनि युद्ध जारी राख्ने आशय व्यक्त गरेका छन्।

रुस-युक्रेन युद्ध गतिहीन रूपमा जारी रहँदा इजिप्टले युद्ध विरामका लागि गरेको प्रयासमा इजरायल र हमास दुवै पक्षले ग्रिन सिग्नल दिएका छन्। कायरोमा इजिप्टका अधिकारीसँग दुवै पक्षको भेट भइसकेको छ।

उनले अझ बढी शक्ति लगाएर आक्रमण गर्ने जनाएका छन्। साथमा हमासले पनि इजरायलमा रकेट प्रहार गरी रहेको छ। सोमबार मात्र दक्षिणी सहर एस्केलनमा आक्रमण भएको थियो।

हमास नियन्त्रित सरकारको अनुसार सो आक्रमणमा २० हजार जना भन्दा बढीको ज्यान गइसकेको छ। नोभेम्बरमा अस्थायी युद्ध विराम भएको समयमा हमासले बन्दी बनाएको एक सय पाँच जनालाई छाडेको थियो भने इजरायलले पनि दुई सय ४० जान प्यालेस्टाइनीलाई छाडेको थियो।

इजरायल डिफेन्स फोर्स (आइडीएफ)का सेना अहिले गाँजमा प्रवेश गरेर हवाई आक्रमण छेडेका छन्। इजरायलका प्रधानमन्त्री नेतेन्याहुको प्रतिक्रिया बेलायत र अमेरिका समर्थितहरूले हो मा हो मिलाइ रहेका छन्। यी सबैले हमासलाई आतङ्ककारी घोषण गरेका छन्। नेतेन्याहुले बारम्बार प्यालेस्टाइनका आम नागरिकको सुरक्षाको जिम्मेवारी लिएको बताएका छन्।

इजरायलले आइडीएफका एक लाख ६० हजार जना सहित थप तीन लाख जनासम्म लाई आवश्यक परे उपयोग गर्ने नीति लिएको छ।

हमास नियन्त्रित सरकारको अनुसार सो आक्रमणमा २० हजार जना भन्दा बढीको ज्यान गइसकेको छ। नोभेम्बरमा अस्थायी युद्ध विराम भएको समयमा हमासले बन्दी बनाएको एक सय पाँच जनालाई छाडेको थियो भने इजरायलले पनि दुई सय ४० जान प्यालेस्टाइनीलाई छाडेको थियो।

आइडीएफले २२ हजारलाई निसाना बनाएको बताएका छन्। इजरायलले ८ सय टनेल समेत ध्वस्त पारेको जनाएको छ। स्याटलाइटको फोटो अनुसार एक लाख घर ध्वस्त भएको देखिन्छ। युद्ध विरामपछि इजरायली सेना दक्षिणी गाँजामा प्रवेश गरेका छन्। अन्य सहयोगी भने खान युनिसमा केन्द्रित भएका छन्।

इजरायलले इजिप्टको सीमावर्ती राफ अल्लाहमा पनि धेरै आक्रमण गरेको छ। ७ अक्टोबर यता चार सय ७७ सेना मारिएको इजरायलले जनाएको छ। साथै इजरायली दाबी अनुसार २७ अक्टोबर यता एक सय २४ जना सेना मारिएका छन्।

इजरायली दाबी अनुसार हमासले बन्दी बनाएका ६० वर्ष माथिका र अन्य विभिन्न २५ देशका पासपोर्ट बाहक थिए।

अहिले युद्ध बिराम नहुनुमा दुवै पक्षले एक अर्कामा दोषारोपण गरिरहेका छन्। १ डिसेम्बरका दिन इजरायलले हमासले प्रौढ बन्दी नछाडेको र इजरायली माथि आक्रमण जारी राखेको जनाएको थियो। हमासले अन्य बन्दी छाड्न इजरायलले नमानेको दाबी गरेको थियो। १३ डिसेम्बरका दिन संयुक्त राष्ट्र सङ्घको महासभाले मानवीय युद्ध विरामको प्रस्ताव राखेको थियो। यसको पाँच दिन अघि राष्ट्र सङ्घको सुरक्षा परिषद्ले यसै किसिमको प्रस्ताव राखेको थियो। त्यसपछि सुरक्षा परिषदमा मतदानको प्रक्रिया रोकिएको थियो। यस पछि नै हमासले इजिप्टको प्रस्तावमा रुचि देखाएको हो।

हमासले सर्वसाधारणलाई मानव ढालको रूपमा प्रयोग गरेका कारण सुरक्षा दिन कठिनाइ भएको इजरायलले जनाएको छ। ८५ प्रतिशत गाँजाका बासिन्दा घरबारविहीन भएको जनाइएको छ।

युद्ध भए यता ५२ हजार ६ सय जनाको ज्यान गएको छ। विश्व स्वास्थ्य सङ्गठनका अनुसार गाँजका ३६ मध्येका ९ अस्पताल मात्र चलेका छन्। त्यो पनि सबै दक्षिणका। क्षमता भन्दा तीन गुणा बढीलाई सेवा दिन बाध्य यी अस्पतालमा इन्धन र विद्युतको संकट देखिएको छ।

हमासले सर्वसाधारणलाई मानव ढालको रूपमा प्रयोग गरेका कारण सुरक्षा दिन कठिनाइ भएको इजरायलले जनाएको छ। ८५ प्रतिशत गाँजाका बासिन्दा घरबारविहीन भएको जनाइएको छ। धेरै जना दक्षिणमा पुगेका छन् भने १० हजार रफल्लाहमा पुगेका छन्।

इजरायलले जारी गरेको सुरक्षित स्थान पनि अपुग भएको राष्ट्र संघले जनाएको छ। त्यहाँ पानी र शौचालयको अभाव छ।

यी दुवै पक्षले युद्ध विरामको आवश्यकता गरे पनि रुस र युक्रेन युद्धमा हारको महसुस नगर्ने चाहना बाधक बनेको छ। इजरायल र हमासको युद्ध भने सायद सुरक्षा परिषद्को प्रयासले नयाँ बाटो लिन सक्ने छ।
स्रोत : जियो पोलिटिकल फ्युचर, एपी, बिबिसी

प्रकाशित मिति : ११ पुस २०८०, बुधबार  ७ : ५९ बजे

इलाममा अग्रता बढाउँदै सुहाङ, डम्बर ६ हजार ५ सय मतले पछाडि

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

रौतहटमा आगलगी हुँदा तीन घर जलेर नष्ट

बैशाख- रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिका वडा नम्बर ५ बडहर्वा

सगरमाथासहितका हिमालबाट एक हजार नौ सय किलोभन्दा बढी फोहोर सङ्कलन

सोलुुखुम्बु । सफा हिमाल अभियान टोलीले सगरमाथासहितका हिमालबाट एक हजार

बझाङमा एकीकृत समाजवादीसहित ८ दलको जमानत जफत

काठमाडौं । बझाङको प्रदेश सभामा एमालेका दमन बहादुर भण्डारी विजयी

१५ हजार रुपैयाँ घुससहित वडा अध्यक्ष पक्राउ

काठमाडौं । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ का वडाध्यक्ष उजेर अली घुससहित