इंग्लिस प्रिमियर लिग : एस्टन भिल्लामाथि म्यानचेस्टर युनाइटेडको रोमाञ्चक जित « Khabarhub

इंग्लिस प्रिमियर लिग : एस्टन भिल्लामाथि म्यानचेस्टर युनाइटेडको रोमाञ्चक जित


११ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


570
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले एस्टन भिल्लामाथि रोमाञ्चक जित हासिल गरेको छ। गएराति सम्पन्न खेलमा एस्टन भिल्लालाई ३–२ गोलले हराउँदै म्यानचेस्टर युनाइटेड विजयी भएको हो ।

खेलको पहिलो हाफमा २–० गोलले पछि परेको म्यानचेस्टरले दोस्रो हाफमा ३ गोल गरेको थियो ।

खेलमा पहिलो हाफको २१औँ मिनेटमामा भिल्लाका जोन म्याकगीनले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि २६औँ मिनेटमा भिल्लाकै लीन्डर डेनडोंकरले एक गोल थप्दै टोलीको अग्रतालाई दोब्बर बनाएका थिए ।

दोस्रा हाफको ५९औँ र ७१औँ मिनेटमा म्यानचेस्टरका अलेजान्द्रो गार्नाचोले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । त्यसपछि ८२औँ मिनेटमा रासमस होजलण्डले निर्णायक गोल गर्दै टोलीलाई ३–२ गोलको जित दिलाए ।

यो जितसँगै १९ खेलबाट ३१ अंक बनाएको म्यानचेस्टर युनाइटेड तालिकाको छैटौँ स्थानमा उक्लिएको छ । पराजित भएको एस्टन भिल्ला ३९ अंकसहित तेस्रो स्थानमा छ ।

प्रकाशित मिति : ११ पुस २०८०, बुधबार  ७ : १२ बजे

घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ बरामद

कर्णाली – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित

विश्वकप लिग-२ : नेपाल र क्यानडा भिड्दै, किन विशेष छ आजको खेल ?

काठमाडौँ – ओमानमा जारी आइसिसी विश्वकप लिग–२ एकदिवसीय क्रिकेट प्रतियोगितअन्तर्गत

नवरात्रको सातौँ दिन : घरघरमा फूलपाती भित्र्याइँदै

काठमाडौँ – नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल असोज ३१ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज ३१ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ३१ गते शनिबार सन् २०२६