साउदी प्रो लिग : अल इत्तिहादमाथि अल नासरको फराकिलो जित « Khabarhub

साउदी प्रो लिग : अल इत्तिहादमाथि अल नासरको फराकिलो जित


११ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साउदी प्रो लिग फुटबलमा अल नासरले अल इत्तिहादलाई फराकिलो अन्तरले पराजित गरेको छ। गएराति सम्पन्न खेलमा अल नासरले अल इतिहादलाई ५–२ गोल अन्तरले पराजित गरेको हो ।

क्रिस्टियानो रोनाल्डो भर्सेस करिम बेन्जमाको रूपमा हेरिएको यस खेलमा रोनाल्डोले दुई गोल गरेका थिए। त्यस्तै अल नासरका लागि साडियो मानेले पनि २ गोल गरे भने टालिस्काले एक गोल गरेका थिए।

यस खेलमा २ गोल गरेसँगै क्रिस्टियानो रोनाल्डोले २०२३ मा आफ्नो गोल संख्या ५३ पुर्याएका छन्। साथै २०२३ मा रोनाल्डो सबैभन्दा बढी गोल गर्ने खेलाडीको सूचीमा शीर्ष स्थानमा रहेका छन्।

खेलमा अल इत्तिहादका लागि दुवै गोल अबडेराजक हम्दल्लाहले गरेका थिए।

यो सिजनमा अल नासरको यो १४औँ जित हो । यो जितपछि अल नासर १८ खेलबाट ४३ अंक बटुल्दै दोस्रो स्थानमा कायम रहेको छ। पराजित भएको अल इत्तिहाद १८ खेलबाट १८ अंक जोडर छैटौँ स्थानमा छ । शीर्ष स्थानमा रहेको अल हिलालको ५० अंक छ ।

 

 

प्रकाशित मिति : ११ पुस २०८०, बुधबार  ७ : ४६ बजे

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको

वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल विराटनगरमा अनुबन्ध

काठमाडौं– वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल नेपाल प्रिमियर

करदाता प्रोत्साहन कार्यक्रमको बम्पर उपहार घोषणा, सन्तमायाले जितिन् १० लाख रुपैयाँ

काठमाडौं– नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गर्दा

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि