इजरायल र हिजबुल्लाह विद्रोहीबीच भिडन्त « Khabarhub

इजरायल र हिजबुल्लाह विद्रोहीबीच भिडन्त


११ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


450
Shares
  • change font
  • change font
  • change font

तेल अबिब– इजरायल र लेबनानको सीमामा इजरायल र इरान समर्थित हिजबुल्लाह विद्रोहीबीच भीषण भिडन्त भएको छ । सो क्षेत्रमा धेरै इजरायली हवाई हमला जारी रहेको बताइएको छ ।

इरान समर्थित हिजबुल्लाह बिद्रोहीले इजरायलका कम्तीमा आठ स्थानमा आक्रमण गरेको जनाउँदै त्यसको जिम्मेवारीसमेत लिएको छ।

भिडन्तमा इजरायली सेनाले आफ्ना ९ सैनिकहरू घाइते भएको जनाएको छ । जसमा एक जना गम्भीर घाइते भएका छन् भने उनको उपचार जारी रहेको छ ।

अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार लेबनानमा नकौरालाई टायरसँग जोड्ने क्लाईलेह उपत्यकामा तीनवटा इजरायली हवाई आक्रमण भएको थियो। साथै, सीमाबाट लगभग १६ किलोमिटर दूरीमा रहेका स्थानमा पनि दुईवटा हवाई आक्रमणहरू भएका थिए।

भिडन्तको क्रममा धेरै बमबारीसमेत भएको जनाइएको छ ।

प्रकाशित मिति : ११ पुस २०८०, बुधबार  ८ : ०३ बजे

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका