सम्पर्कविहीन २१ प्रहरी कर्मचारीलाई सात दिनभित्र हाजिर हुन निर्देशन « Khabarhub

सम्पर्कविहीन २१ प्रहरी कर्मचारीलाई सात दिनभित्र हाजिर हुन निर्देशन


११ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले नेपाल प्रहरीका विभिन्न पदमा कार्यरत सम्पर्कविहीन २१ जना प्रहरी कर्मचारीलाई सात दिनभित्र कार्यालयमा हाजिर हुन निर्देशन जारी गरेको छ ।

प्रधान कार्यालयले आज एक सार्वजनिक सूचना प्रकाशित गर्दै बाटोको म्याद बाहेक सात दिन भित्र हाजिर हुन सूचना जारी गरेको हो । सूचनामा कार्यालयमा अनुपस्थित रहनुको कारण खुलाइ हाजिर हुन भनिएको छ ।

तोकिएको अवधिभित्र उपस्थित नभए प्रहरी नियमावली, २०७१ को नियम ११३ को उपनियम (१) को खण्ड (च) को कसुरमा नियमावलीको नियम १०९ को देहाय (ख) (१) बमोजिम सेवाबाट हटाइने उल्लेख गरिएको छ ।

 

प्रकाशित मिति : ११ पुस २०८०, बुधबार  ९ : ५० बजे

फ्रान्समा महँगीविरुद्ध प्रदर्शन हिंसात्मक: १२ सय बढी पक्राउ, १५० प्रहरी घाइते

पेरिस– फ्रान्समा विद्यालयमा देखिएको शैक्षिक कठिनाइ र चर्को महँगीविरुद्ध शनिबार

सम्पत्ति शुद्धीकरण कसुरमा लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट पक्राउ

काठमाडाैँ – लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट

आज महाअष्टमी पर्व मनाइँदै : कुन-कुन शक्तिपिठमा हुँदैछ पूजा ?

काठमाडौँ – आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६